नेपाली कांग्रेस र राप्रपा प्रतिपक्षि
कृष्णराज धमाला
फागुन १५, सुर्खेत
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले संसदबाट विस्वासको मत प्राप्त गर्नुभएको छ । आज बसेको पाँचौ संसद वैठकमा शाहीले दुई तिहाई मत प्राप्त गर्नुभयो । दुई तिहाई मत प्राप्त भएपछि सभामुख राजबहादुर शाहीले मुख्यमन्त्री शाहीको विस्वासको पक्षमा राखेको प्रस्ताव पारित भएको जानकारी दिनुभएको हो ।
मुख्यमन्त्री शाहीको पक्षमा एमाले र माओवादी केन्द्रका सांसदले मतदान गरेका थिए, भने नेपाली कांग्रेस र राप्रपाले भने सरकारको विपक्षमा मतदान गरेका थिए ।




Milan Shrestha । १५ फाल्गुन २०७४, मंगलवार ०९:४८ बजे