एम यू मा विद्यार्थीहरुको १ घण्टे धर्ना


१६ श्रावण, सुर्खेत । मध्यपश्चिमविश्व विद्यालयका संयुक्त विद्यार्थी संगठन र स्ववियुको संयुक्त आयोजनमा आज म.प विश्व विद्यायलेको प्रशासनिक भवन कुईनेपानीमा विद्यार्थिहरुले १घण्टा धर्ना दिएका छन् ।
विद्यार्थिहरुले २०७६।४।१ गते विश्व विद्यालयका रजिस्टारलाई विभिन्न ११ बुँदे माग राख्दै एक हप्ताको अल्टेमेटम दिएको र उक्त समय सम्म पनि म.प विश्वविद्यालयका पदाधिकारिहरुले आफुहरुको मागलाई कुनै वस्था नगरेको कारणले गर्दा चरणबद्ध आन्दोलनको कार्यक्रम गर्नु परेको स्ववियु सभापति झकबहादुुर शाहि बताउनु भयो ।
आन्दोलन कै कायक्रम अन्तरगर्त साउन १७ गते केद्रिय क्याम्पस भित्र हातमा कालो पटि बाँध्ने, १९गते केन्द्रिय क्याम्पसमा सिटि जुलुस प्रदर्शन, २० गते केन्द्रिय कार्यालयमा विहान १० बजे देखि ११ बजे सम्म १ घण्टा प्रवेश निषेध गर्ने, २१ गते मध्यपश्चिमाञ्चल विश्वविद्यालय पदाधिकारिका सवारि साधन अनिश्चतकालका लागि बन्द गर्ने कार्याक्रम भएको नेवि संघ सुर्खेतका युुवा नेता मोहन राणाले जानकारि दिनुभयो ।