
मिलन श्रेष्ठ
साउन २७ दैलेख । दैलेखका पत्रकार डेकेन्द्रराज थापााको हत्या भएको सोमबार(आज) १५ बर्ष पुगेको छ । तत्तकालिन शसस्त्र द्धन्द्धको समयमा उहाँको हत्या भएको थियो । थापाको १५ औँ स्मृतिको अवसरमा सोमबार नेपाल पत्रकार महासंघ दैलेखले प्रभातफेरीको आयोजना गरेको छ ।

थापाको हत्या भएको १५ बर्ष पुगिसक्दा पनि हत्यारा भने अझै पत्ता लाग्न सकेको छैन । पत्रकार महासंघ दैलेखले थापाको हत्यारा अझै सम्म पत्ता लाग्न नसक्नुमा आपत्ति व्यक्त गरेको छ । शाखाका अध्यक्ष चक्र केसीले राज्यले थापाको हत्यारा पत्ता लगाउन नसकेको भन्दै आपत्ति जनाउनुभयो । उहाँले भन्नुभयो, ‘१२ बर्षमा पनि खोला फर्किन्छ भन्छन् तर १५ बर्ष बिति सक्दा पनि पत्रकार थापाको हत्यारा पत्ता नलाग्नुमा दुःखत कुरा हो ।’

प्रभातफेरी कार्यक्रममा बोल्दै बरिष्ठ पत्रकार अम्मर सुनारले ‘पत्रकारहरुले समाजका लागि लेखेरै धेरै योगदान गरेका हुन्छन् तर समाजका लागि आफ्नो कलमले लेखेर अनि सामाजिक कार्य गरेर योगदान दिदादिदै पनि पत्रकार थापाले मृत्यु रोज्नुप¥यो’ उहाँले भन्नुभयो, ‘हाल पत्रकारका हत्यारा पत्ता नलाग्नुमा आश्चर्यको कुरा हो ।’
यस्तै कार्यक्रममा दैलेख नारायण नगरपालिकाका उपमेयर साबित्रि मल्लले पत्रकार डेकेन्द्रराज थापाको अक्षकोष स्थापनका लागी आफुले पहल गर्ने प्रतिबद्धता जनाउनु भयो । स्मृती दिवसको अवसरमा स्थानिय गणेशचौक देखि शुरु भएको र्यालीले पुरानो बजार, टुडिखेल परिक्रमा गरी डेकेन्द्र चौकमा कार्यक्रम समापन गरेको थियो भने सोमबार आज सांझ स्थानिय डेकेन्द्र चौकमा द्धिपप्रज्जवलन गर्ने कार्यक्रम समेत रहेको छ ।

पत्रकार थापाको तत्तकालिन नेकपा माओवादीले हत्या गरेको भएपनि हत्यका मुख्य व्यक्ति अहिलेसम्म पनि पक्राउ पर्न सकेका छैन् ।



Milan Shrestha । २७ श्रावण २०७६, सोमबार १६:१४ बजे