
मिलन श्रेष्ठ
सुर्खेत, २४ चैत ।
सिटिजन लाइफ इन्स्योरेन्सका बजार प्रमुख कवि फुयालले आफ्नो कम्पनीले बीमा नभई फाइदा बेच्ने कुरा एक कार्यक्रमका बिच व्यक्त गरेका छन् । शनिवार(आज) वीरेन्द्रनगरमा सम्पन्न सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी शाखा सुर्खेतको बीमा अभिकर्ताहरुका लागी १ दिने पुनरताजगी कार्यक्रममा उक्त कुरा व्यक्त गरेका हुन् ।
कवि फुयालका अनुशार बीमाको प्रतिस्प्रधि बजारमा पछिल्लो समय अन्य बीमा कम्पनीहरु भन्दा सिटिजन बीमा कम्पनिको चालुु पुजीं र चुक्ता पुजीं बढी रहेको बताए । उनले भने, बीमा कम्पनीहरु नराम्रा होईनन् तर अन्य कम्पनीहरु भन्दा आफ्नो बीमा कम्पनीको उद्देश्य बजारमा बीमा बेच्नु भन्दा पनि फाईदा बेच्नु ठुलो कुरा हो ।
सिटिजन लाइफ इन्स्योरेन्सले आयोजना गरेको पुनरताजी कार्यक्रममा शाखा सुर्खेत संचालन भए देखि हाल सम्म उत्कृष्ट कार्य गर्ने १० जना वीमा प्रतिनिधिहरुलाई सम्मान गरेको छ । सम्मान कार्यक्रममा बोल्दै सिटिजन लाईफ इन्स्योरेन्सका क्षेत्रिय प्रमुख ध्वजबहादुर खड्काले बीमा क्षेत्रमा अभिकर्ता भन्ने शब्द त्यती सुहाउदो नलागेका कारण हामीले सिटिजन प्रतिनिधि शब्द राखेको जानकारी दिए ।

सिटिजन जीवन बीमा कम्पनिका तालिम बिभाग प्रमुख शैलेन्द्र झाले सहजीहरण गरेको तालिममा शाखा कार्यालय सुर्खेतका प्रमुख बिष्णु दाहालले, सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड कम्पनी ऐन २०६३ अन्तर्गत पब्लिक लिमिटेड कम्पनीको रुपमा स्थापना भएको र यस कम्पनीलाई शिखर इन्स्योरेन्स कम्पनी, कान्तिपुर मिडिया ग्रुप, हवाई उधोग, प्रतिष्ठित उधोग, व्यवसायिक समुह, बैकिंङ्क क्षेत्र तथा पेशागत समुहद्धारा प्रवद्र्धन गरिएको बताए । यसै गरी सिटिजन जीवन बीमा कम्पनीको अधिकृत पुंजी रु ३०० करोड तथा जारी पुंजी रु २५० करोड रहेको यस बीमा कम्पनीले २०७४ साल कात्र्तिक ०२ गते देखि व्यवसाय शुरु गरेको यस बीमा कम्पनीले हाल सम्म देशभरी २५ वटा शाखा संचालनमा गरिसकेको र छिट्टै बजारमा नयां बीमा योजनाहरु ल्याउने बारेमा जानकारी दिए ।



Milan Shrestha । २४ चैत्र २०७४, शनिबार १०:२९ बजे