२७ चैत्र, सुर्खेत । सेवाग्राही संग रु २ लाख घुस लिदै गर्दा मालपोत सुर्खेतका दुइ कर्मचारी पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतले मालपोत सुर्खेतका खरिदार धर्मराज सुबेदी र ओमबहादुर सुनारलाई घुस लिदै गरेको अवस्थामा पक्राउ परेको आयोगले प्रेस विज्ञप्ती मार्फत जनाएको छ ।
खरिदार सुबेदी र सुनारलाई नियमानुसार हुने कामलाई नगरी दुख दिएर हैरानी बनाउने र छिटोछरितो काम गरिदिन्छु भनी रु २ लाख घुस माग गरिरहेको भन्ने उजुरी र सूचनाका आधारमा अख्तियार सुर्खेतको टोलीले उनीहरुकै कार्यकक्षमा घुस लिइरहेको अवस्थामा पक्राउ गरि अनुसन्धान भैरहेको विज्ञप्तीमा उल्लेख छ ।




Milan Shrestha । २७ चैत्र २०७४, मंगलवार ११:५२ बजे