बुटवलमा प्रधानमन्त्रीलाई कालो झण्डा


७ बैशाख, बुटवल । बुटवलको जीतगढी विजय महोत्सव कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीलाई एक व्यक्तिले कालोझण्डा देखाएका छन् ।

महोत्सव कार्यक्रममा प्रधानमन्त्री ओलीले सम्बोधन गर्दै गर्दा रुद्रप्रसाद घिमिरे नामका व्यक्तीले उहाँलाई कालोझण्डा देखाउनुभएको हो । झण्डा देखाउने घिमिरेलाई प्रहरी नियन्त्रणमा लिएको  जनाएको छ ।
प्रधानमन्त्री ओलीले बुटवल उपमहानगरपालिकामा रहेको ऐतिहासिक जीतगढी किल्लामा कर्णेल उजुरसिंह थापाको पूर्ण कदको सालिक अनावरण गर्ने कार्यक्रम छ ।

बुटवलको तिनाउ खोला किनारमा रहेको गढी क्षेत्रमा निर्माण भएको ९ फिट उचाइको सालिक र त्यसै छेउमा ४२ फिट उचाइको राष्ट्रिय झण्डाको पनि प्रधानमन्त्री ओलीले झण्डोतोलन गर्नुहुने भएको छ ।