
१९ बैशाख, सुर्खेत । कोरोना भाइरस कोभिड १९ को संक्रमण बढ्दै जाँदा सुर्खेतमा अक्सिजनको अभाव शुरु भएसंगै कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीको पहलमा प्रदेश अस्पतालमा अक्सिजन प्लाण्ट सञ्चालन भएको छ ।
अस्पतालमा जडान भएको लामो समय सम्म प्लान्ट सञ्चालनमा नभएर थन्किएको अवस्थामा अक्सिजनको अभावलाई मध्यनजर गर्दै मुख्यमन्त्रीले प्रदेश सरकारमा सत्ता साझेदार दल नेपाली काँग्रेसका दल नेता जीवनबहादुर शाही, सामाजिक विकास सचिव, नेपाली सेनाका पृतनापति, नेपाल प्रहरीका कर्णाली प्रदेश प्रमुख लगाएतको टोलीले स्थलगत निरीक्षण गरि साथ प्लान्ट सञ्चालनको लागि सहजिकरण गरेको हो ।
आजै देखि कोरोना आइसोलेशन वार्डमा अक्सिजन सप्लाइ गरिएको छ भने अवको केही दिनमा सिलिन्डर रिफिलीङ्ग समेत बताइएको छ ।
यसैवीच वीरेन्द्रनगर नगरपालिका सुर्खेतले पनि ५० बेडको अक्सिजन सहित आईसुलेसन अस्पताल सञ्चालन गर्ने भएको छ । तत्कालैलाई भने २५ बेडको सेवा सुरु गरिने नगरपालिकाले जनाएको छ ।
नगरपालिकाले वीरेन्द्रनगरमा रहेको (पुरानो अस्पताल) कटुकुवा स्वास्थ्य चौकीको नयाँ भवनलाई अक्सिजन सहितको आईशोलेसन अस्पताल सञ्चालन गर्न लागेको हो ।
काेराेना संक्रमण बढ्दै गएकाे छ सबैले सुरक्षाको बिधिकाे पालना गराैं राेगबाट सुरक्षित बनाै । हामी सबैको साझा प्रयासले नै याे राेगकाे सामना गर्ने हाे । यदि तपाईंलाई कुनै समस्या पर्याे भने तुरुन्त स्वास्थ्यकर्मीकाे सम्पर्कमा आउनुहुन हार्दिक अनुरोध गर्दछु, हामी तपाईंको सम्पर्कमा निरन्तर रहिरहने छाैं । उपप्रमुख मोहनमाया पौडेलले भन्नुभयो ।




Prawash Kumar Shakya । १९ बैशाख २०७८, आईतवार २१:४६ बजे