सुर्खेत बहुउद्देश्यीयको १८ औं स्थापना दिवस, मानवसेवा आश्रममा


सुर्खेत,३० साउन । वीरेन्द्रनगरको मानवसेवा आश्रममा सहयोग सहित सामाग्री बितरण कार्यक्रममा, कार्यक्रमका प्रमुख अथिती एवंम् सुर्खेत बहुउद्देश्यीय सहकारी संस्थाका संरक्षक उक्त कुरा बताउनु भएको हो ।

सुर्खेत बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड वीरेन्द्रनगर–०६ सुर्खेतले आफ्नो १८ औं स्थापना दिवसको अवसरका सुर्खेत जिल्ला वीरेन्द्रनगर–१२ नेवारमा अवस्थीत मानवसेवा आश्रममा रहेका असाहयका लागि टिभि सहित डिसहोम तथा खाद्यान्न वितरण कार्यक्रमका सहभागीहरु बिच उक्त कुरामा प्रमुख अथिती ध्रूबकुमार श्रेष्ठले जोड दिनुभएको हो ।

श्रेष्ठले, खुल्ला आकाश मुनिको सडक र सडक पेटीमा कष्टकर जीवन बिताई रहेका अपाङ्ग असाहय, अशक्त व्यक्तिहरुलाई बिना सर्त यसरी संस्थागत रुपमा पालन–पोषण गर्ने कार्य आफैमा चुनौति रहेको हुदा , राज्यले गर्ने कार्य कुनै व्यक्ति र संस्थाले गरेकोमा खुशी व्यक्त गर्दे असाहयहरुलाई भेदभाव रहित जनचेतना जगाउन पनि आवश्यक रहेको बताउनु भयो, उहांले थप्नु भयो, तपाईहरु भाग्नमानि हुनुहुन्छ जसले आश्रय सहित दुई गास खान पाउनु भएको छ तर यो समाज अझै पनि हाम्र्रो पहूच भन्दा पर त्यस्ता खालका धेरै असाहय व्यक्तिहरु हुनुहुन्छ जसले उचित माया दुई छाक खान सहित र आश्रयकालागि भौतारी रहनु परेको सम्झना गर्दे आश्रमलाई आवश्य परेको जुनसुकै समयमा पनि आफुले निशुल्क कानुनी परामर्श दिने बताउनु भयो ।

कार्यक्रका सभापति एवंम संस्थाका अध्यक्ष गणेशकुमार बस्नेतले २०५८ सालमा साउन ३० गतेका दिन स्थापना गरिएको सुर्खेत बहुउद्देश्यीय सहकारी संस्थाले बचत संकलन गरी कर्जा लगानी गर्ने कार्य मात्र नभई सामाजमा रहेका अशक्त, असाहय बृद्ध–बृद्धा, बाल–बालिकाहरुलाई विभिन्न सहयोग गर्नुका साथै स्वास्थ्य, सरसफाई, वातावरण संरक्षणका विभिन्न जनचेतना मूलक कार्यक्रमहरु गर्दे आईरहेको बताउनु भयो ।

यसैगरी कार्यक्रमका अतिथि एवंम् मानवसेवा आश्रमका प्रमुख संजिता गौतमले, यस केन्द्रमा धेरै व्यक्ति, संघ–संस्थाले नगदी, लत्ता–कपडा, खाधान्न, मौसमी तरकारी जस्ता सामाग्रीहरु दिएर सहयोग गर्दे आईरहेको साथै अहिले थुप्रै असाहय व्यक्तिहरु जो सडक पेटीमा दिन गुजारी रहनु भएको थियो उहांहरुलाई यसरी आश्रममा नै आएर सहयोग पुर्याउनु भएकोमा विभिन्न सहकारी, गैर सरकारी संघ संस्था, सहकारी, विधालय र व्यक्तिहरुप्रति हार्दिक धन्यवाद व्यक्त गर्दे २०५९ साल भाद १३ गते हेटौडा देखि शुरु गरेको मानवसेवा आश्रम सुर्खेत जिल्लामा १३औं शाखाको रुपमा स्थापना भईरहदा आश्रममा हाल सम्म २२ जना पुरुष र १३ जना महिला गरी हाल सम्म ३५ जना आश्रित रहेको साथै आगामि दिनहरुमा पनि असाहय व्यक्तिहरुको आवश्यकताका लागि सहयोग मिल्ने आशा समेत व्यक्त गर्नु भएको थियो ।

२२ जना पुरुष र १३ जना महिला गरी ३५ जना असाहय व्यक्तिहरु र हाल ३ जना कार्यरत कर्मचारी रहेको मानवसेवा आश्रममा, सहकारी संस्थाले अयोजना गरेको टिभि सहित डिसहोम र खाधान्न वितरण गरेको थियो भने कार्यक्रममा सहकारी संस्थाका सल्लाहकार झुपबहादुर बस्नेत, उपाध्यक्ष पूर्णबहादुर नेपाली, कोषाध्यक्ष सुरेशबहादुर गौतम, संचालक समितीका सदस्यहरु इच्दबहादुर थापा, महेश्वर तिवारी, राजेन्द्र गौतम, भद्र भण्डारी, शिक्षा उप–समितिका सदस्य बालकृष्ण श्रेष्ठ, महिला परिचालन उप–समिती संयोजक चन्द्रा खड्का लामिछाने, संस्थापक सदस्य बालकृष्ण पौडेल, परियोजना निरिक्षण उपसमितीका संयोजक रुद्धबहादुर गाहा, लेखासमिती सदस्य नगेन्द चौलागाई र संस्थाका व्यवस्थापक प्रवेशमान मानन्धर उपस्थित रहेको सामाग्री वितरण कार्यक्रमको सहजीकरण शिक्षा उप–समिति संयोजक मिलन श्रेष्ठले गर्नु भएको थियो ।