रारा कर्णाली पर्यटन वर्षलाई सफल बनाउन कर्णाली सरकारले लिनुपर्ने रणनीतिहरु


                                                            हरिहर न्यौपाने
                                                         सामाजिक विश्लेषक
प्रचार प्रसार कार्यक्रम नीति
 नेपाल टेलिकमको रिचार्जकार्डमा रारातालको फोटो र रारा कर्णाली पर्यटन वर्ष २०७५ लेखि प्रचार प्रवद्र्धन गर्न सहयोग माग्ने ।
 सरकारी कामकाजको आधिकारीक लेटरप्याडको फुटेजमा रारा भ्रमण वर्षको नारा उल्लेख गर्ने ।
 कर्णाली प्रदेशमा उडान गर्ने हवाईसेवा कम्पनीका टिकटमा रारा भ्रमणवर्षको लोगो, नारा र तालको फोटो उल्लेख गर्ने ।
 यातायात व्यवसायि महासंघ सँग सहकार्य गरि राराको देशभर प्रचार प्रसार गर्न प्रत्येक यात्रु टिकटमा रारा कर्णाली पर्यटन वर्ष २०७५ को लोगो, नारा र तालको फोटो उल्लेख गर्ने ।
 प्रदेशका प्रत्येक संचार माध्यममा अनिवार्य रुपमा रारा भ्रमण वर्षको विज्ञापन सामाग्री राख्न लगाउने ।
 कर्णालीको पहिचान र राराको सौन्दर्य झल्काउने पोस्टर, ब्रोसर, फोटो, डिजिटिल वोर्ड, फेलेक्स वोर्ड र छोटा बृतचित्रहरु निर्माणगरी विभिन्न सञ्चारमाध्यमवाट प्रचार प्रसार गर्ने ।
 बहु चर्चित राष्ट्रिय कलाकार सँगको सहकार्यमा रारा कर्णाली पर्यटन वर्ष २०७५ को प्रोमो तयार पारि प्रामोलाई विभिन्न मिडिया मार्फत प्रसारण गर्नुपर्ने ।
 कर्णालीका राष्ट्रिय खेलाडि, नेपालका राष्ट्रिय कलाकार, प्रवतारोही र अन्य ख्याति प्राप्त व्याक्तित्वहरmलाई व्रान्ड एमवेस्डरको रुपमा आमन्त्रित गरि राराको प्रचार प्रसार तथा प्रवद्र्धनमा सहयोग पु¥याउने ।
 रारामा फ्री वाइफाइको व्यवस्था गर्ने ।
 सामुदायिक लजमा अनिवार्यरुपमा वाईफाईको व्यवस्था गर्ने ।
 रारा करिडोरमा हुने रैथाने उत्पादनवाट तयार पारिएका खाद्य परिकार तथा हस्तकलाको व्यापक प्रचार प्रसार गर्ने ।

व्यवसाय प्रवद्र्धन नीतिररु
 सुर्खेत रारा सडक खण्डमा पर्ने विभिन्न स्थानमा (करिब ४० वटा ) सामुदायिक लज वा होमस्टेको व्यवस्था गर्ने । सामुदायिक लजको व्यावस्थापनको युवाहरुलाई सहुलियत ऋणको सुविधा प्रदान गर्नुपर्ने ।
 सामुदायिक लज वा होमस्टेमा अनिवार्य रुपमा कर्णाली प्रदेशको अर्गानिक उत्पादनको खाद्य परिकार खुवाउने व्यवस्था मिलाउने ।
 सामुदायिक लज वा होम स्टे रहेको स्थानमा सहजरुपमा पेट्रोलियम पदार्थ पाइने व्यवस्था मिलाउनु पर्ने ।
 यात्रालाई सहज र सुरक्षित वनाउन आन्तरिक मामिला तथा कानुन मन्त्रालय संगको सहकार्यमा नेपाल प्रहरीको परिचालन गर्नुपर्ने ।
 मुगुको रारा, जुम्लाको चन्दननाथ मन्दिर, सुर्खेतको वुलवुले र काँक्रेविहारमा पर्यटक प्रहरीको युनिट स्थापना गर्नुपर्ने ।
 रारा कर्णाली पर्यटन वर्ष २०७५ लाई भए रहित पार्न सम्पुर्ण राजनैतिक दल र सरोकारवालाको सहयोगको पुर्व प्रतिवद्धता लिनुपर्ने ।
 रारा करिडोरमा चल्ने सवारी साधन र यात्रुको विमामा उल्लेख्य वृद्धि गर्नुपर्ने ।
 यात्रा अवधिमा सवारी साधनमा आउने खराविको तत्काल मर्मत गर्नको लागि सामुदायिक होटल÷होम स्टे भएका स्थानमा एक अटोमोवाइल पसल संचालन गर्नुपर्ने । अटोमोवाइल संचालनको लागि आवश्यक अनुदानको व्यवस्था गर्नुपर्ने ।
 प्रत्येक दिन सुर्खेत राराको लागि आधुनिक सुविधा सहितका कम्तिमा पनि २० वटा गाडि संचालन गर्नुपर्ने ।
 सुविधा सहितका गाडि खरिदको लागि प्रदेशकाका पर्यटन व्यवसायिहरुलाई प्रर्वद्धन गर्न पर्यटक गाडि खरिदमा आवश्यक राजश्व छुट र अनुदानको लागि उपयुक्त निति अवलम्वन गर्नुपर्ने ।
 अर्गानिक उत्पादनको प्रर्वद्धन र प्रोत्साहन गर्न साना उद्योगलाई प्रोत्साहन गर्ने नीति लिनुपर्ने । करिडोरमा कोशेली घर निर्माणमा विशेष जोड दिइनु पर्ने ।
 कर्मचारी परिचालन तथा सहभागिता वढाउन राष्ट्रसेवककर्मचारीलाई रारा भ्रमण प्याकेजमा सरकारको तर्फवाट विदा लगायत अन्य सुविधाको प्रवन्ध मिलाउनु पर्ने ।
 रारा कर्णाली पर्यटन वर्ष २०७५ को अवसरमा लागानीमैत्री नीतिहरु निर्माण गरि पर्यटन उद्योगमा लगानीकर्ता भित्राउन पहल गर्नुपर्ने । नीतिको निमार्ण गर्दा स्थानिय लगानीकर्ता र रोजगरीको सुनिश्चततामा विशेष जोड दिनुपर्ने ।
 रारा कर्णाली पर्यटन वर्ष २०७५ को उपलक्ष्यमा प्रदेशको मौलिकता र समृद्धिमा सहयोग पु¥याउने उद्योग, वन तथा पर्यटन ऐन निर्माण गरि कार्यान्वयन गर्नुपर्ने ।
 रारा हुम्ला कैलाश र रारा डोल्पा जुम्ला पदमार्गको पहिचान गरि प्रर्वद्धन गर्नुपर्ने ।
समन्वय तथा सहकार्य नीति
 हवाई क्षेत्रमा सहुलियत दिन र सहज प्रवन्ध मिलाउन नीजि हवाई सेवा कम्पनी तथा नेपाल वायु सेवा निगम सँग सहकार्य गर्नुपर्ने ।
 टिकटको सहज उपलव्धताको लागि ट्राभल एजेन्सीहरुलाई सक्रिय परिचालन गर्नुपर्ने ।
 सडक यातायातमा राराको भ्रमण प्रयोजनमा जाने पर्यटकहरुलाई सुविधा र सहुलियत दिन उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको माताहतमा एक पर्यटक सुचना तथा अनुमति केन्द्रको स्थापना गर्नुपर्ने ।
 यस अनुमति केन्द्रवाट स्विकृती लिएर रारा घुम्न जाने पर्यटकलाई आवास, खाना तथा अन्य सुविधामा सामुदायिक लज÷ होम स्टेमा सहुलिय दिने व्यवस्था मिलाउनु पर्ने ।
 पर्यटन क्षेत्रमा लामो अनुभव भएका होटल तथा पर्यटन एजेन्सिहरुको सहकार्यमा विभिन्न पर्यटकमैत्री कार्यहरmको सुरुवात गर्नुपर्ने ।
 नेपाल पर्यटन वोर्ड र पर्यटन मन्त्रालयको सहयोगमा राराको अन्तराष्ट्रिय स्तरमा प्रचार प्रसार गर्नुपर्ने ।
 सुर्खेत रारा सडक खण्डमा पर्ने स्थानिय तहहरुसँगको सहकार्यमा पर्यटक सुचना केन्द्र, स्वास्थय सेवा केन्द्र र आपतकालिन सहयोग तथा उद्धार संयन्त्र तयार पार्नुपर्ने ।
 कर्णाली राजमार्गमा शसस्त्र प्रहरीवलको उद्धार युनिटको स्थापनाको लागि संघिय मामिला तथा कानून मन्त्रालयको सहकार्य आवश्यक पहल गर्नुपर्ने ।
 सुर्खेत रारा सडक खण्डमा पर्ने स्थानियतहरु सँंगको सहकार्यमा स्थानिय स्तरमा कला, परम्परा तथा संस्कृति केन्द्रको स्थापना गर्नुपर्ने ।
 पर्यावरण संरक्षणको लागि विभिन्न जनचेतनका कार्यक्रमहरु संचालन गर्नुपर्ने ।
(गुँरास संरक्षण रणनीति, राराको जैविक विविधता संरक्ष रणनीति अवलम्वन गर्नुपर्ने )

भौतिक विकासमा लिईने नीतिहरु
 कर्णाली राजमार्गको स्तर उन्नति गर्नको लागि आवस्यक पहल लिनुपर्ने ।
 नाग्म गमगढि सडक खण्डको स्तर उन्नतिको लागि भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय सँगको सहकार्यमा तुरुन्त कार्य थालनि गर्नुपर्ने ।
 सामुदायिक वनको सहकार्यमा विश्राम कक्ष, मूलको पानीको संरक्षण गर्नुपर्ने ।
 दैलेख महावु कालिकोट पदमार्ग तथा जुम्ला न्याउरीघाट वुलवुले हुँदै चुचेमारा रारा पदमार्गको भौतिक विकास गर्न आवश्यक सहकार्य गर्नुपर्ने ।
 जुम्ला गोठिज्यूला चुचेमारा पदयात्रालाई भरपर्दो पार्नुपर्ने ।
 सुर्खेत रारा खण्डमा पर्ने विभिन्न स्थानमा रहेका पर्यटकिय गन्तव्यहरु ( काँक्रेविहार, वुलवुले, देउतिवज्यै, वराहताल, सिद्धपाइला, श्रीस्थान, पंचदेवल, ऐतिहासिक दुल्लु क्षेत्र, कालिकोट त्रिवेणी, देउरामालिका, पंचदेवाल, दरवार क्षेत्र, पिली, जुम्ला तातोपानी, चन्दननाथ, ऐतिहासिक सिंजा क्षेत्र, पाण्डवफ गुफा, गिरीदह, भुरीचुला मालिका, केदारनाथ, दानसाँघु त्रिवेणी, डोल्पाको वालात्रिपुरा सुन्दरी, भवानी मष्टो, शे फोक्साण्डो ताल, शे गुम्वा, हुम्लामा सिमिकोट पार्क) को पुर्वाधार विकासमा जोड दिनुपर्ने ।
 विभिन्न स्थानमा फोहोर व्यवस्थापनको लागि आवश्यक व्यवस्था मिलाउनु पर्ने । जसको लागि फोहोर जलाउने, संकलन गर्ने र गाड्ने कार्यहरु गर्नुपर्ने ।
 पैदल पर्यटकको आरामदायी यात्राको लागि बिभिन्न स्थानमा आराम स्थल तथा गृहको व्यवस्था गर्नुपर्ने ।
 विभिन्न निकायको सहकार्यमा पैदलमार्ग ( ट्रेकिङ्ग रुट ) र भ्रमण क्षेत्रलाई आधारमानी नयाँ सामुदायिक उद्यान र वन उद्यानको निर्माण गर्नुपर्ने ।
 रारा कर्णाली भ्रमण महोत्सवको अवसरमा मझौला तथा ठुला होटल व्यवसाय संचालन गर्न व्यवसायिमैत्री नीति निर्माण गर्नुपर्ने ।