पत्रकार रवि लामिछानेको समर्थनमा सुर्खेतमा पनि प्रदर्शन


५ भाद्र, सुर्खेत । आत्महत्या गर्न दुस्सान गरेको अभियोगमा पक्राउ पर्नुभएका पत्रकार रबि लामिछानेको समर्थनमा सुर्खेतमा पनि शान्तीपूर्ण प्रदर्शन भएको छ ।

वीरेन्द्रनगरको मंगलगडी चोकबाट शान्तीपूर्ण र्रयाली निकाल्दै वीरेन्द्रनगर बजार परिक्रमा गरि पिपल चौतारामा कोण सभामा परिणत भएको थियो ।

कोण सभा कार्यक्रमा आन्दोलनका नेतृत्वकार दिनेश खत्रीले योजना बद्ध तरिकाले पत्रकार रवि लामिछानेलाई फसाउन खोजीएको आरोप लगाउदै सत्य तथ्यको छानबिन नभए सम्म सुर्खेत लगाएत सम्पूर्ण ठाउँबाट आन्दोलनको माध्यमबाट सचेत जनप्रवाहमा लागि रहेने अवस्था आएको बताउनु भयो ।

उहाँले आन्दोेनल कसै व्यक्ति र राज्यको सँग नभई न्यायको लागि भएको बताउनु भयो । न्याय नपाए सम्म निरन्तरुपमा आन्दोलन गरि रहने र त्यसको लागी सबै नागरिहरुको साथ रहेकोमा आफू पूर्ण विश्वस्त रहेको बताउनुभयो । कार्यक्रम कसैको आयोजनमा नभई रबि लामिछानेका शुभचिन्तकहरुको सहभागितामा भएको थियो,