माया नर्सिङ्ग होमका सेवा एकसातालाई बन्द


कोरोना भाइरस कोभिड १९ को संक्रमण आफ्ना केही स्वास्थ्यकर्मीमा पुष्टी भएपछि वीरेन्द्रनगर सुर्खेतमा रहेको माया नर्सिङ्ग होमले १ साताकालागि आकस्मिक सेवा बाहेक नर्सिङ्ग होमका सबै सेवा बन्द रहेको जनाएको छ ।

नर्सिङ्ग होमका प्रवन्धक विष्णु बहादुर खड्काद्वारा हस्ताक्षरित विज्ञप्ती अनुसार नर्सिङ्ग होममा कार्यरत स्वास्थ्यकर्मीमा कोरोना पुष्टी भएपछि उच्च सतर्कता अपनाउनकालागि १ साताकालागि नर्सिङ्ग होम बन्द गरिएको जनाइएको छ ।