मेचि–महाकाली बुहारी समुहद्धारा खाद्यान्न सहयोग


तस्विरःमेची–महाकाली बुहारी समुहकि मोडोरेटर गोमा सापकोटा उप्रेतीबाट ।

मिलन श्रेष्ठ
सुर्खेत, चैत १७ ।
मेची–महाकाली बुहारी समुहले वीरेन्द्रनगरका विपन्न परिवारका लागि खाद्यान्न सहयोग गरेको छ । बुहारी समुहले कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर–३ का विपन्न र गरिव परिवारका लागि रु २० हजार बराबरको १५ कट्ठा चामल सहयोग गरेको हो ।

मेची–महाकाली बुहारी समुहकि मोडोरेटर गोमा सापकोटा उप्रेतीले दिनु भएको जानकारी अनुशार कोरोना भाइरसका कारण भइरहेको कलडाउनले दैनिक ज्याला मजदूरी गर्ने परिवारहरु भोकभोकै बस्नुपर्ने अवस्था आएकाले वडा कार्यालयमार्फत सहयोग प्रदान गरिएको हो ।

उहांले भन्नुभयो, एक सातादेखिको लकडाउनका कारण दैनिक ज्याला–मजदुरी गरेर खाने परिवार संकटमा छ सोहि कारण मेची–महाकालीभरका बुहारीहरुको समुहले बनाएको मेचि–महाकाली बुहारी समुहको तर्फबाट २० हजार बराबरको खाद्यान्न सहयोग गरेका हौं ।’

सुर्खेतका अर्चना शर्मा, शुष्मा मल्ल, कमला श्रेष्ठ, गोमा सापकोटा उप्रेती, सरु आचार्य, विना रेग्मी ढकाल, बन्दना श्रेष्ठ, कृष्णा श्रेष्ठ, प्रगति कार्की, विन्दु शर्मा, एलिना शर्मा, रञ्जला श्रेष्ठ, सुमन अचार्य, झापाका कृतिका पन्त, बाँकेका मिलन मल्ल, काठमाडौंका लता श्रेष्ठ, बर्दियाका मञ्चु गौतम ‘बुहारी’हरुले विपन्न परिवारका लागि खाद्यान्न उपलब्ध गराउन आर्थिक सहयोग गरेका थिए ।
सुर्खेत एडमिन कमला श्रेष्ठले प्राकृतिक, भौगोलिक र सामाजिक विपत्तीमा आफूहरु सहयोग गर्दै आइरहेको बताइन् । यसअघि बुहारी समुहले बाँकेको खजुराकी क्यान्सर पीडित दिना परियारलाई १६ हजार पाँच सय रुपैयाँ सहयोग गरेको थियो । बुहारी समुहमा देशभरका चार हजारबढी बुहारीहरु आवद्ध छन् ।

वीरेन्द्रनगर नगरपालिका–३ का वडा अध्यक्ष भुपेन्द्र खत्रीले बुहारी समुहले उपलब्ध गराएको खाद्यान्न विपन्न परिवारको हातमा पु¥याउने बताए । ‘यो संकटपूर्ण समयमा बुहारी समुहले गरेको सहयोग महत्वपूर्ण छ,’ उनले भने, ‘तपाईहरुको उद्देश्य अनुसार वडाभित्रका विपन्न परिवारलाई सहयोग उपलब्ध गराउँछौं ।’