समाजवादको आधार तयार पार्न नेकपा रुकुम (पश्चिम) ईन्चार्ज शर्माको निर्देशन


१० भाद्र, रुकुम (पश्चिम) । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य तथा रुकुम पश्चिमका जिल्ला ईन्चार्ज राजकुमार शर्माले समाजवादको आधार निर्माण गर्न उत्पादनको व्यापक विकासमा लाग्न निर्देशन दिनुभएको छ ।

नेकपा रुकुम पश्चिमको दोश्रो वैठकलाई सम्वोधन गर्दै ईन्चार्ज शर्माले समाजवादको आधार तयार पार्न सचेत संघर्षको आवश्यकता रहेको बताउनुभयो ।

राजनीतिक संघर्षको मुख्य कार्य पुरा भएको भए पनि उत्पादन संघर्षको कार्य वाँकी रहेको बताउदै ईन्चार्ज शर्माले पार्टीलाई उत्पादनको योजनासंग जोडने र सहकारी मार्फत उत्पादनका कार्यहरु अगाडि वढाउन आवश्यक रहेको बताउनुभयो । श्रम सहकारी मार्फत विकास निर्माण तथा उत्पादनका योजना कार्यान्वयनका लागि गरिएको पहलले जनतामा नयाँ उत्साह पैदा गरेको वताउदै शर्माले श्रम सहकारी मार्फत वित्तिय पुजी निर्माणमा ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले पार्टीका हरेक ईकाईहरुले एक एक वटा नमुना उत्पादनको कार्य गर्नुपर्नेमा जोड दिनुभयो ।

त्यसैगरि ईन्चार्ज शर्माले सरकारले गरिरहेको विकास, निर्माण तथा सेवाप्रवाहको काममा जनगुणासो व्यापक रहेको भन्दै अव अनुगमनको कार्यलाई प्रभावकारी बनाईने बताउनुभयो । ६ सय कमीटी निर्माण, १२ हजार कार्यकर्ता संगठित स्थानीय तह तथा वडा र सेल कमिटी सम्म पार्टी एकता सम्पन्न गर्न नेकपा रुकुम पश्चिमको पहिलो वैठकले संचालन गरेको अभियानका क्रममा ६ सय पार्टी कमिटी निर्माण भएको र १२ हजार कार्यकर्तालाई साँगठनिक जिम्मेवारी दिईएको अध्यक्ष गोपाल शर्माले जानकारी दिनुभयो ।

आज सम्पन्न वैठकमा जिल्लाका ६ वटै स्थानीय तहका अध्यक्षहरुले गाउँपालिका, नगरपालिका, वडा, टोल र सेल कमिटी सम्म पार्टी एकताको काम पुरा भएको रिपोर्ट आएको वताउदै अध्यक्ष शर्माले वाँकी रहेका टोल र सेल कमीटीमा भाद्र मशान्तसम्म पार्टी एकताको काम पुरा गर्ने निर्णय भएको बताउनुभयो ।

अध्यक्ष शर्माले जिल्ला कमिटी सदस्यलाई वडा ईन्चार्जको जिम्मेवारी दिने निर्णय गरिएको जानकारी दिनुभयो । स्थानीय सरकारका कामकारवाहीलाई प्रभावकारी बनाउन प्रत्येक स्थानीय तहमा पार्टी कमिटी र स्थानीय सरकारका पदाधिकारी विच अन्तरक्रियात्मक वैठक गर्ने निर्णय गरेको पनि उहाँले बताउनुभयो । अध्यक्ष शर्माका अनुसार नेकपा रुकुम पश्चिमको आजको वैठकले सरकार संचालनका लागि गठन गरिएका निर्देशक समितिहरुको वैठक आयोजना गर्ने, असोज १५ गते भित्र जनपरामर्श समितिहरुको निर्माण गर्ने, श्रम सहकारीहरुलाई सुदृढ गर्ने र एक स्थानीय तह एक वित्तिय सहकारी स्थापना गर्ने निर्णय गरेको छ ।

जिल्ला सचिव विमलकुमार पुनको संचालन तथा अध्यक्ष गोपाल शर्माको अध्यक्षतामा भएको वैठकमा नेकपा रुकुम पश्चिमका सहईन्चार्ज शेरवहादुर केसी, वसन्त शर्मा कुशल र भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले पनि पार्टी संगठन सुदृढिकरण गर्न, स्थानीय सरकारका कामहरुलाई प्रभावकारी बनाउन निर्देशन गरेको बताईएको छ ।