स्वास्थ्यकर्मीलाई खाजा खुवाउँदै कोभिड १९ सेल्फ हेल्प समूह


३० बैशाख, सुर्खेत । कोरोना भाइरस कोभिड १९ को संक्रमण तिब्रगतिमा बढी रहँदै गर्दा सामाजिक सञ्जाल फेसबुकबाट शुरु गरिएको “सुर्खेती कोभिढ १९ सेल्प हेल्प समूह” ले आज कोभिडको लडाईमा अग्रपंतिमा रहेर अहोरात्र खटिरहने स्वास्थ्यकर्मीहरुलाई खाजा खुवाएको छ ।

समूहले कर्णाली प्रदेश अस्पताल, वीरेन्द्रनगरको नगर कोभिड अस्पताल र कर्णाली प्रदेश आयुर्वेद अस्पतालका स्वास्थ्यकर्मीहरुको उच्च मनोवलको कामना गर्दै वीरेन्द्रनगरमा सञ्चालित कौशिक गार्डेन रेष्टूरेण्ट र रमेश किराना पसलको सहयोगमा कफी र विस्कुट खाजा खुवाएको हो ।

खाजा वितरण गर्दै समूहका सदस्य धर्मराज आचार्यले भन्नुभयो “कोभिडको यो महामारीमा आफ्नो ज्यानको पर्वाह नगरेर नागरिको ज्यान बचाउन लागि पर्ने स्वास्थ्यकर्मीहरुलाई हामी नमन गर्दैछौ साथै हाम्रो यो अभियानमा मनकारीमनहरुले सहयोग गर्न म आग्रह पनि गर्दछु ।