दशैमा घर नपुगिने चिन्ता


असोज २९, कालीकोट ।

वडा दशै नजिकिदै गर्दा गन्तब्यमा पुग्ने यात्रीहरुले यातायात प्रालिहरुले मनोमानी गरेको गुनासो गरेको छन् । देश विदेशमा रहेका नेपालीहरु वडा दशै मनाउन आआफ्नो घरमा पुग्न हतारो गरिरहेका बेला यातायात प्रालिका पदाधिकारीहरुले चिनेकाहरुलाई मात्र टिकट दिने गरेका कारण निर्धारित मितिमा गन्तब्यमा पुग्न कठिन भएका गुनासो गरेकाछन् ।

कालीकोट जितेबजार देखि हुम्ला र मुगुका लागि हिडेका यात्रिहरुले त्यहाँ सञ्चालन हुने गाडीका काउन्टरका कर्मचारीहरुका कारण समयमा घर पुग्न नसकिने गुनासो गरेका हुन् । अदान्चुली गाउँपालिका हुम्लाका शिक्षक छबिलाल खड्काले रिजर्भ गर्छौं भनेपनि मान्दैनन्, टिकट पनि दिदैनन्, आफन्तहरुलाई मात्रै गाडीको ब्यबस्था गर्ने गरेकाले आफूहरु हिड्नुपर्ने बाध्यता आएको गुनासो गर्नुभयो । महिला, वालबच्चाहरु छन्, हिड्न सक्दैनन्, बडा दशैमा घर पुग्न नसकिए आएको के काम उहाँले भन्नुभयो यस्तो मनपरी कहिँ देखिएको थिएन, कालीकोटमा मात्रै यस्तो मनपरि देखियो । मुगु र हुम्ला पुग्ने सयौंको संख्यामा रहेका यात्रिहरु बाटोमा अलपत्र छौं उहाँले भन्नुभयो यो तरिकाले निरन्तरता पाउने हो भने सडक सुबिधा पुगेको के काम ?