असार ५, सुर्खेत ।
परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले एसएलसीको रुपान्तरित माध्यामिक शिक्षा परीक्षा अर्थात सेकेन्डरी एजुकेसन एक्जाम (एसइई) को नतिजा आज सार्वजनिक गरेको छ ।
परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले दिएको जानकारी अनुसार संशोधित शिक्षा ऐन अनुसार कक्षा १२ सम्म माध्यामिक शिक्षा कायम भएपछि यसवर्षदेखि लागू भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) को यो पहिलो नतिजा सार्बजनिक भएको हो ।
यस बर्षको परीक्षमा देशभरबाट २ लाख, ५९ हजार, ७ सय, ३२ छात्र र २ लाख, ७८ हजार, ४ सय, ५० छात्रा गरी कूल ५ लाख, ३८ हजार, १ सय, ८२ परीक्षार्थी सहभागी भएका थिए । १२ हजार, २ सय, ८४ परीक्षार्थी ए प्लस शीर्ष ग्रेडिङ्मा परेका छन ्। यसवर्ष एसइइका लागि ४ लाख, ८३ हजार, ९ सय, ६७ जना विद्यार्थीले फारम भरेका थिए । यी मध्ये १० हजार, ६ जना परीक्षामा अनुपस्थित भएका थिए । परीक्षामा ४ लाख, ६२ हजार, ५ सय ६४ जना रेगुलर र १६ हजार, ५ सय, ७२ जना एक्जाम्टेड तर्फ उत्तिर्ण भएका छन् ।
नतिजा हेर्ने तरिका यस्तो छ
माध्यमिक शिक्षा परीक्षा कक्षा १० को नजिता प्राप्त गर्न का लागि टेलिफोन, एसएमएस र वेबसाइटको व्यवस्था गरीएको छ । नेपाल टेलिकमको IVR सेवाको सटकोड १६०० मा फोन गर्ने, अथवा आफ्नो सिम्बोल नम्बर थिचेर एनसेल प्रा.लि. तथा नेपाल टेलिकमको सटकोड १६०० मा SMS पठाउने । आफ्नो सिम्बोल नम्बर थिचेर आकाश टेक प्रा. लि. को सटकोड ३१००३, फोकशवान नेपाल प्रा. लि. को सटकोड ३५५६६, वान अफ कम्युनिकेशनको सटकोड ३३६२४, जानकी टेक्नोलोजी प्रा. लि. को सटकोड ३५००१, इजि सर्भिस प्रा. लि.को सटकोड ३४९४९ मा SMS पठाउने । यस्तै उज्यालोको SMS सेवा see टाइप गरेर सिम्बोल नम्बर टाइप गरी ३५५६६ मा SMS गरेर रिजल्ट हेर्न सकिने ब्यबस्था मिलाइएको परीक्षा नियन्त्रण कार्यालयले जानकारी दिएको छ ।



Milan Shrestha । ५ असार २०७५, मंगलवार १०:३२ बजे