कृषि बजार व्यवस्थापन समितिको अध्यक्षमा शाही चयन


७ असोज, सुर्खेत । कृषि बजार व्यवस्थापन समिति, सुर्खेतले आज एक समारोहका बिच निर्वाचन सम्पन्न गरेको छ ।

समितिले सम्पन्न गरेको चुनावि सभाबाट अध्यक्ष पदमा प्रवल शाही चयन हुनुभएको छ । शाही बिगत लामो समयदेखि सुर्खेत जिल्लामा रहेर कृषि क्षेत्र र कृषकहरुका हितकालागी निकै चासो दिएर लागी परिरहनु भएको छ ।

वीरेन्द्रनगरमा रहनुभएका कृषक, व्यापारीहरुको समुहले मंगलबार शाहीलाई चयन गरेका हुन् ।

यसैगरी समितिको सदस्यमा लक्ष्मण खत्री, टोपेन्द्रजंग शाही, इन्दु शाही, इमानसिं वस्नेत, कर्णबहादुर बुढा, विवेक आचार्य र रम्मा कुमारी वि.सी. चयन हुनभएको छ ।

समितिमा व्यापारी, कृषक, वडा प्रतिनिधि लगायतको प्रतिनिधित्व रहेको छ ।