लायन्स क्लबद्वारा सहयोग


२३ श्रावण, सुर्खेत । विगत लामो समय देखि ब्रजर्स डिजिस (खुटाको नसामा रगतको खराबी) का कारण थला पर्नुभएका ७१ बर्षिय चन्द्रबहादुर थापालाई लायन्स क्लब सहयोग गरेको छ ।

लायन्स क्लब अफ शिबबिहारले रु ५ हजार र  लायन्स क्लब अफ सुर्खेत सेरोफेरोले रु ५ हजार, सहयोग गरेको हो । क्लबको सहयोग रकमबाट थापाका परिवारलाई १ महिनालाई पुग्ने खाद्यान्न सहित नगद थापाका छोरा दिनेश थापालाई हस्तान्तरण गरिएको छ । 

पिडित थापाको अहिले दाहिने खुटा मात्र काटिएको छ, पुन एक महिना पछि अर्काे खुट्टामा समस्या देखियो भने काट्नु पर्छ होला । कर्णाली प्रदेश अस्पतालका हार्डजोर्नी तथा नशा रोग विषशेज्ञ डा. रुपक कँडेलले भन्नुभयो ।