२५ असार, सुर्खेत । वीरेन्द्रनगर नगर नगपालिका ९ नं वडा कार्यालयको सहयोगमा वडामा रहेका ३० वटा टोल विकास समितिलाई समेटेर र वडामा रहेका महिलाहरुलाई स्वरोजगार दिनकालागि आज एक समारोहका विच नगर प्रमुख देवकुमार सुबेदीले काँक्रेविहार सिलाई कटाई केन्द्रको शुभारम्भ गर्नुभएको छ ।
केन्द्रको शुभारम्भ गर्दै नगरप्रमुख सुबेदीले आफुले सिकेको सिपलाई व्यावसायीक बनाउँदै केन्द्रलाई स्थायी सम्पत्ति बनाउन आग्रह गर्नुभयो । साथै नगर प्रमुख सुबेदीले वीरेन्द्रनगरको ९ नं वडा ऐतिहासिक रहेकोले वडालाई विकास गर्न नगरपालिकाले केही नयाँ योजना बनाउने बताउनुभयो ।
त्यस्तै नगर उपप्रमुख मोहनमाया ढकालले संविधानले महिलाहरुलाई हकअधिकार दिइसकेको ले अब ति हकअधिकारलाई पालना गरि प्रेरणा मिल्ने गरि काम गर्न महिला दिदीबहिनीहरुलाई आग्रह गर्नुभयो । उहाँले आफ्नो कार्यकाल भरि नगरपालिकाले १ घर १ महिलालाई स्वरोगार बनाउने लक्ष्य रहेको बताउनुभयो ।
कार्यक्रममा पूर्व जिविस सभापति बालकृष्ण विसीले दत्तचित्त भएर केन्द्रलाई संचालन गरि वडाका सम्पूर्ण महिलाहरुलाई व्यावसायीक हुन आग्रह गर्नुभयो ।
त्यस्तै कार्यक्रममा ९ नं वडा अध्यक्ष सुरेश मानन्धरले वडामा रहेको सम्पूर्ण महिलाहरुलाई आफूले जानेको सिपलाई उजगार गर्न अनुरोध गर्दै वडाले महिला लक्षित कार्यक्रम अन्तरगत सिलाई कटाई केन्द्रमा सहयोग गरेको बताउनुभयो ।
केन्द्रका अध्यक्ष सुमित्रा तुलाधरले स्वागत गर्नुभएको शुभारम्भ कार्यक्रमको सहजीकरण ९ नं वडा सचिव देव मुलेलले गर्नुभएको थियो ।



Prawash Kumar Shakya । २५ असार २०७५, सोमबार ११:०० बजे