पूर्वी सुर्खेतको सिम्तामा दुनी मेला सम्पन्न


१४ असोज, सुर्खेत । कर्णाली प्रदेश सभा सदस्य ठम्मर विष्टले सिम्ताली जनताको समृद्घिका लागी लागी पर्ने बताउनुभएको छ ।

पूर्वी सुर्खेतको सिम्ता गाउँपालीकामा आज देखी सञ्चालीत दुनिमेलाको उद्घाटन गर्दै सांसद विष्टले यस्तो बताउनुभएको हो ।

मुख्यगरी उहाँले आलीजुनी सडक खण्ड निर्माणका लागी दशै पछि टेन्डर हुने जानकारी गराउनुभयो । कर्णाली सरकारले राजकाडा दरवार, मालीका धुरी, भोटेचुलीको पर्यटकिए क्षेत्रका रुपमा विकास गरिने बताउनु भएको छ । यसका लागी प्रदेश सरकारले करिव डेड करोड रकम छुट्टयाएको छ ।

यस्तै संचारसेवाका लागी खानीखोलामा नमस्ते मोवाईलको टावर राख्ने तयारी भईरहको उहाँको भनाई थियो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ सुर्खेत शाखाका अध्यक्ष गणेशकन्चन भातरीले स्थानीय उत्पादलाई प्राथमिकता दिन आग्रह गर्नुभएको छ । उहाँले समृद्घ सिम्ता निर्माणमा सवैको हातेमालो आवश्यक रहेको बताउनुभयो ।

गाउँपालिका उपाध्यक्ष चन्द्रकला शाहीले विपन्न नागरिकको जिवनस्तर उकास्न आफुलागी पर्ने बताउनुभयो ।

सुर्खेत उद्योग वाणिज्य संघका महासचिव लक्ष्मण कडेलले किसानलाई स्थानीय उत्पादनमा जोड दिन आग्रह गर्दै बजारीकरणमा सहयोग गर्ने बताउनुभयो । उहाँले बाणिज्य संघले विपन्न नागरिकलाई पनि व्यावसायका लागी सहयोग गर्ने बताउनुभयो ।