घाईते विद्यार्थी भेट्न मन्त्री अस्पतालमा


GeriRaj-Madi-Pokhrel--education-minester-of-nepal-pxकाठमाडौँ: बिहीबार मध्यान्ह पर्खालले किचेर घाइते भएका ललितपुर टौखेलको पुष्पाञ्जली स्कुलका विद्यार्थी भेट्न शिक्षामन्त्री गिरीराजमणि पोखरेल अस्पताल पुगेका छन् । पोखरेल विद्यार्थीको उपचार भइरहेको पाटन र बि एण्ड बी अस्पताल पुगेर विद्यार्थीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् ।

अस्पतालमा उनले घाइते विद्यार्थी, स्कुलका प्रचार्य तथा चिकित्शकसंग घटनाबारे जानकारी समेत लिएका छन् । घाइते २२ विद्यार्थीको ग्वार्को स्थित बिएण्डबी अस्पताल, पाटन अस्पताल र सुमेरु अस्पतालमा उपचार भइरहेको छ ।

पोखरेलका स्वकीय सचिव जागृत रायमाझिका अनुसार पोखरेलले घटनाको सत्य तथ्य पत्ता लगाउन जिल्ला शिक्षा कार्यालय ललितपुरलाई निर्देशन दिएका छन् ।

अबिरल बर्षापछि ललितपुर स्थित पुष्पाञ्जली माध्यामिक विद्यालयको गारो भत्किएर दुई विद्यार्थीको मृत्यु भएको हो।  स्थानीय एक व्यक्तिले जग्गा प्लटिङका क्रममा लागएको पर्खाल भत्किएपछि विद्यालयको गारो थिचेको थियो ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी ऋषीराम शर्माका अनुसार मृत्यु हुनेमा कक्षा तीनमा पढ्ने ९ वर्षीया कृपा राई र १० वर्षीया अन्जना पुनमगर छन् ।

साभारः अन्नपूर्ण पोष्ट