२१ बैशाख, सुर्खेत । कोरोना भाइरस कोभिड १९ को संक्रमण आज देशभरमा ७ हजार ६ सय ६० जना पुष्टी भएको छ । त्यस्तै देशभर एकै दिन कोरोनाका कारणले ५५ जनाको ज्यान गएको छ ।
यस्तै कर्णालीमा आज कोरोनाका २ सय ७० जनामा पुष्टी भएको छ । जस्मा RT PCR बाट १ सय ८६ र Rapid Antigen बाट ८४ जनामा संक्रमण पुष्टी भएको स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतले जनाएको छ ।
निर्देशनालयले कर्णालीमा पछिल्लो चौविस घण्टामा ४ जनाको संक्रमणबाट ज्यान गएको छ भने ६८ जनाले कोरोनालाई जित्न सफल भएको जनाएको छ ।



Prawash Kumar Shakya । २१ बैशाख २०७८, मंगलवार १८:३८ बजे