
२० कार्तिक, सुर्खेत । नेपाल मजदुर किसान पार्टी सुर्खेतले पनि भारत सरकारले नेपालकाे लिम्पियाधुरा, कालापानी लिपुलेकलाई आफ्नाे भाैगाेलिक राजनैतिक नक्सामा मिसाएकाे विराेधमा देशभरि विराेध कार्यक्रम गरेको छ ।
नेमकिपाको केन्द्रिय कार्यक्रम अनुसार सुर्खेतमा पनि विराेध जुलुसकाे आयाेजना गरेको हो ।
विरोध जुलुस पछिको कोण सभामा नेपाल क्रान्तिकारी यूवा संघका पूर्व केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष गाेविन्दनाथ याेगि, जिल्ला कमिटि सचिव धनेन्द्र वि.क., पार्टि केन्द्रय सदस्य वजीरसिंह विश्वकर्माले. भारतले गर्दै आईरहेकाे सिमा अतिक्रमण र नेपालकाे भूमिलाई आफ्नाे नक्सामा समावेस गरि विस्तारवादि शासन पद्दतिकाे घाेर विराेध गर्दै “देशभक्त जनता एकजुट भई अतिक्रमित भएको देशको सिमाबाट भारतिय पक्षलाई हटाउनुपर्ने बताउनुभएको थियो ।



Milan Shrestha । २० कार्तिक २०७६, बुधबार १९:३८ बजे