२९ बैशाख, सुर्खेत । विश्वव्यापीरुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड-१९)बाट एकैदिन २४ जनामा संक्रमण देखिएको छ । यो संगै नेपालमा संक्रमितको संख्या १ सय ३४ पुगेको छ ।
आज मात्रै एकैदिन २४ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले विज्ञप्ती मार्फत जानकारी दिनुभएको छ ।
संक्रमितहरु कपिलवस्तुको यशोधरा गाउँपालिका – ८ र वुद्धभूमि नगरपालिका- ७ का १५, १९, २३, ३०, ३२ र ३८ वर्षका पुरुष त्यस्तै रुपन्देहीको सम्मरीमाइ गाउँपालिका- ७ र लुम्बिनी साँस्कृतिक गाउँपालिका ६ का २४, २६, २७, ३०, ३२ र ४० वर्षका पुरुषमा र बर्दिया राजापुर नगरपालिका- ५ कि ११ वर्षकी बालिकामा पनि कोरोना संक्रमण देखिएको मन्त्रालयले विज्ञप्ती मार्फत जनाएको छ । ।



Prawash Kumar Shakya । २९ बैशाख २०७७, सोमबार १९:४४ बजे