दुल्लु नगरपालिका वडा नं.४ वालविवाह मुक्त वडा घोषणा


 

भावना हमाल ।
दैलेख,मुलुकमै धेरै बाल विवाह हुने जिल्ला मध्ये दैलेख पनि पर्छ । सन २०३० सम्ममा बाल विवाह मुक्त गर्ने लक्ष राज्यले लिए पनि दैलखका २ वटा वडा बालविवाह मुक्त भएका छन भने अर्को एक वडालाई सोमबार घोषण गरीदैछ । दैलेखको दुल्लु नगरपालिका वडा नं. चारलाई लामो तयारी पछि बाल विवाह मुक्त वडा घोषणा गरिएको छ । बालबालिकाको जन्मदर्ता अनिवार्य गरिएको र २० वर्षभन्दा कम उमेरमा विवाह नभएको सूचकांकका आधारमा वडालाई बालविवाहमुक्त घोषणा गरिएको हो । बाल विवाह मुक्त कार्यक्रममा स्थानीय विद्यार्थी, महिला, पुरुष, गाउँका अगुवा र जनप्रतिनीधिको उपस्थिति थियो ।उहांहरुले कानुन विपरीत विवाह हुन नदिने प्रतिबद्धता गर्नु भयो ।। उमेर पुगेर मात्र विवाह गराउनेमा सहमत हुनु भयो । अधिकांशले हस्ताक्षर गरेर सहमती जनाउनु भयो ।

तस्विरःभरतप्रसाद उपाध्याय फेसबुकबाट ।

सरकारले तयार गरेको बाल विवाह मुक्त सूचकांक पुरा गरेपछि औपचारिकता दिएको वडाअध्यक्ष भरत प्रसाद उपाध्यायले बताउनु भयो । यसै गरी अध्यक्ष उपाध्यायले धेरै लामो संर्घष पश्चात हामिले ठुलो उपलब्धि हासिल गरेको कुरामा जोड दिनु भयो । युवा तथा भाई समुह, बाल विवाह प्रभावित समुह र धार्मिक गुरुहरुको समुह गठन गरि परिचालन गरिएको थियो । बाल विवाह मुक्त वडा बनाउन घरदैलो, सडक नाटक कार्यक्रम समेत गरिन्थ्यो । निरन्तरको निगरानी पछि बाल विवाहमा ९० प्रतिशतले कमी, स्वास्थ्य चौकि र अस्पतालमा २० बर्ष मुनिका महिलाबाट बच्चा जन्माउनेको संख्यामा उल्लेख्य रुपमा घटदै गएको, वडा कार्यलयले बाल विवाहको मुद्धालाई दर्ता नगरेको र दर्ताको लागि कोही पनि नआएको र धार्मिक गुरुहरुले जन्म दर्ता हेरेर मात्रै विवाहमा सरिक हुने गरेपछी बाल विवाह मुक्त वडा घोषण गरिएको अध्यक्ष उपाध्यायले बताउनु भयो । , स्वास्थ्य चौकी र अस्पतालमा आउने २० बर्ष मुनीका गर्भवती महिलाहरुको संख्यामा कमी आएको जनाइएको छ ।

हामी सवै बाल विवाह प्रति सचेत भइ यसको नियन्त्रण र अन्ते हामि बाट, आफ्नो वडा बाट आजै देखि प्रतिबद्ध ,हामीलाई बाल विवाह स्वीकार्य छैन, बाल विवाहको निमन्त्रणालाई हामी स्वीकार गर्दैनौ, हामी बालअधिकारको सम्मान गछौं, सदा बालबालिकाको उज्वल भविष्यको लागि काम तथा पहल गछौं, हामी हाम्रो यस दुल्लु नगरपालिकाको वडा नं. ४ लाई सदा बाल विवाह रहित बनाउन प्रतिवद्ध छौं, हाम्रो यस वडा, टोल तथा समाजमा भएका बाल विवाहको घटनालाई नेपाल प्रहरीको १०० मा र बाल हेल्पलाईन १०९८ मा जानकारी दिनेछौं, पिडकलाई कानूनी कारवाहीको लागी एकजुट भएर पहल गर्दै सामाजिक तथा कानुनी अपराध (बाल विवाह) विरुद्धको अभियानमा आजबाटै र अहिलेबाटै कृयाशिल भएर कानुन अनुसार कार्यन्वयनका साथै जनचेतना ब्यापक गराइै नियन्त्रण गर्ने प्रतिबद्धता गरिएको छ । कार्यक्रका प्रमुख अतिथि एवं दुल्लु नगरपालिका मेयर घनश्याम भण्डारीले बाल विवाह गर्न कानुनमै बन्देज गरिएको अवस्थामा स्थानीय सरकार यसको पूर्ण रुपमा कार्यान्वयनमा भन्दै समाजमा रेहेका कु–सस्कारलाई अन्यको लागि दुल्लु नगरपालिका जहिले र जहाँ पनि पहल गर्ने प्रतिवद्धता जाहेर गरे ।

उक्त कार्यक्रममा बोल्दै आवाज संस्था सुर्खेतका कार्यक्रम निर्देशक बाल विवाह मुक्त वडा घोषणका बिशेष अतिथी पबित्रा शाहीले एउटा समाजलाई अगाडी बढाउन र दृष्टीलाई जोगाउँन विवाह गर्न अनिवार्य ब्यक्तिको नैस्रगितक अधिकार रहेको विवाहले विवाह गर्दा कहिले गर्ने, किन गर्ने, कसरी गर्ने निर्णय लिने अधिकार आफैमा छ तर हामीले के गर्दा राम्रो हुन्छ के गर्दा राम्रो हुदैना भन्ने कुरालाई ध्यानमा राखेर कानुन बनाइएको हुने हुदाँ उक्त कानुनमा हामी सबै बाधिएको कुरालाई जोडेदै हामी कानुन अनुसार हिडेनौ भने त्येसको सजाए भोग्नु पर्ने, कानुन विपरीत काम गरेमा कानुनले कसैलाई उन्मुति नदिने हुदाँ परिवर्तन गर्न आफै र आजैबाट लाग्नु पर्ने बताउनु भयो । । बाल विवाह मुक्त वडा बनाउन आवाज संस्था सुर्खेतले तीन बर्ष देखि उक्त वडामा विभिन्न कार्यक्रम संचालन गरेको थियो । नगर तथा वडास्तरमा विभिन्न संरचना तयार गरि बाल विवाह विरुद्ध अभियान सञ्चालन गरेको कार्यक्रम कोडेनेटर चक्रराज गिरीले बताउनु भयो । कार्यक्रमा सहभागी सबैको बालविवाह बिरुद्ध धारण रेहेको कार्यक्रमको संचालक कुशल कार्यक्रम संचालक नाराणप्रसाद उपाध्याले गर्नु भएको थिए ।