सुर्खेत महिला जेसीजद्वारा भोजन अर्पण


१ बैशाख, सुर्खेत । सुर्खेत महिला जेसीजले आज नयाँबर्ष विक्रम सम्वत् २०७९को अवसरमा आज भोजन अर्पण गरेको छ ।

महिला जेसीजले आफ्नाो नारा “मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य हो” भन्ने नारालाई सार्थक बनाउनकालागि बर्षको शुरुवातमा एउटा पुण्यको कामको शुरुवात मानव सेवा आश्रममा आश्रितहरुलाई भोजन अर्पण गरिएको बर्ष २०२२ का अध्यक्ष मनिषा कौशलले बताउनुभयो ।

कार्यक्रममा नयाँबर्ष २०७९को शुभकामना आदनप्रदान गरिएको थियो ।