२७ असोज । कालिकोट । नेकपा माअाेबादी केन्द्र कालिकाेटकाे २ दिन सम्म चलेको बैठक आज सम्पन्न । बैठकले आगामी मंसीरमा हुने चुनावकालागि उम्मेद्वारहरु सर्बसम्मत छनाैट गरि सिफारिस गरेको छ ।
बैठक प्रतिनिधि सभा सदस्य तर्फक प्रत्यक्ष तर्फ क्षेत्र नं १ मा दुर्ग बहादुर रावत समानुपातिक तर्फ पाैरख बिक, गंगा खड्का यसाेधा न्याैपानेलाई सिफारिस गरेको छ भने प्रदेश सभाकाे क्षेत्र नं. १ काे प्रत्यक्ष तर्फ गणेश शाही समानुपातिक तर्फ कृष्णकला शाही र कृष्ण आचार्य लाई सिफारिस गरेको छ ।
त्यस्तै कालिकोट कै क्षेत्र नै २ को प्रदेश सभामा प्रत्यक्ष तर्फ जीवन बुढा समानुपातिक तर्फ मिठ्ठु बम, बिष्णु बिकलाई सिफारिस गरिएको छ ।



Prawash Kumar Shakya । २७ आश्विन २०७४, शुक्रबार १२:१९ बजे