जनचेतना मूलक सडक नाटक प्रदर्शन


५ कार्तिक, सुर्खेत । पूर्वि सुर्खेतको गुर्भाकोट नगरपालिकाको बोटेचौर बजारमा जनचेतनामुलक सडक नाटक प्रदर्शन गरिएको छ ।

आज (मंगलवार) स्थानीय दिपशिखा समाज सुधार केन्द्रका कलाकारहरुले वालविवाह न्युनिकरण, लागुपदार्थ दुर्व्यवसनका असरहरुका विषयमा सडक नाटक प्रदर्शन गरेका थिए ।

पछिल्लो समय देशभर नै वालविवाह हुने गरेको भन्दै यसलाई रोक्ने हेतुले नाटक प्रस्तुत गरिएको समाज सुधार केन्द्रका अध्यक्ष गोविन्द घर्तिले जानकारी दिनुभयो । साथै उहाँले पछिल्लो समय लागूपर्दाथ दुर्व्यवसनले समाजमा नकरात्मक असर पुगेको र कतिपयको भविष्य नै विग्रीएकाले नाटकको माध्यमबाट यसको रोकथामकालागि प्रयास गरिएको बताउनुभयो ।

साथै आज नै समाज सुधार केन्द्रले बोटेचौर बजारको सरसफाई समेत गरेको छ । बजार क्षेत्रभरका सडक र चोक चोकमा क्लबका कलाकारहरुले सरसफाई गरेको अध्यक्ष घर्तिले बताउनुभयो ।

यसैबिच, प्रस्तुत गरिएको जनचेतनामुलक नाटकको कर्णाली प्रदेश सभा सदस्य ठम्मर विष्टलेपनि अवलोकन गर्नुभयो । नाटक अवलोकन पछि संक्षिप्त प्रतिक्रिया दिदै सांसद विष्टले नाटकले समाजको सत्यतालाई कलात्मक रुपमा प्रस्तु गरेको बताउँदै उहाँले बाटो, विजुली पुल, पुलेसा मात्र बनाउनु विकास नभएको भन्दै समाजलाई चेतनशिल बनाउनु नै विकास भएको उल्लेख गर्नुभयो ।

‘पछिल्लो समय नागरिकहरु बाटो, बिजुली, पुल, खानेपानी बन्नुलाई मात्रै विकास भन्छन, हाम्रो समाज कतातिर छ समाजको चेतना स्तर कुन ठाउँमा छ त्यसलाई परिवर्तनशिल र चेतनशिल बनाउनु ठुलने विकास हो,’ उहाँले भन्नुभयो ।

सांसद विष्टले नाटक प्रदर्शन गरेकोमा दिपशिखा समाज सुधार केन्द्रलाई धन्यवाद दिनुभयो । समाज सुधार गर्ने अभियानमा क्लबले खेलेको भुमिकाको प्रंशसा गर्दै विष्टले यस अभियानलाई सहयोग गर्ने समेत प्रतिवद्धता जनाउनु भयो ।