जनएकताको ९औं बार्षिक साधारण सभा सम्पन्न


मंसिर, २३ सुर्खेत । सहकारीको परिवर्तनका लागी आफूले जस्तो सुकै सहयोग पनि गर्न आफू तप्तपर रहेको एक कार्यक्रमका प्रमुख अतिथिले प्रतिबद्धता गर्नु भएको छ । “एकका लागी सबै र सबैका लागी एक” भन्ने मूल नारा सहित सुर्खेत जिल्ला साविक रानीवास गाविस वडा नं.४ हाल चिङ्गाड गाउपालिका वडा नम्बर २ स्थीत श्री जनएकता पशु तथा कृषि सहकारी संस्था लिमिटेडको ९ औं बार्षिक साधारण सभाका प्रमुख अतिथी एवंम् वडा नं.२ का वडा अध्यक्ष बुदे खत्रिले उक्त प्रतिवद्धता गर्नु भएको हो ।


सभामा बोल्दै खत्रिले सुन्दरनेपाल संस्थाको सहजीकरणमा संचालित “पहल” परियोजनालाई धन्यवाद ब्यक्त गर्दे, सरकारले देश बिकासका लागी तीन खम्बे निती अन्तर्गत सहकारीलाई पनि प्राथमिकता दिई रहेको अवस्थामा यसरी सहकारी क्षेत्रको बिकासका लागी सायद पहिलो परियोजना पहिलो भएको कुरालाई जोड दिनु भयो । अब आफूले पनि पारदर्शि र सहकारी निती नियम अन्तर्गत संचालन भएका सहकारीहरुलाई आत्म निर्भर नहुने बेला सम्म सहयोग गर्ने बताउनु भयो ।


संस्थाका अध्यक्ष रामबहादुर खड्को सभापतित्वमा सम्पन्न सभाका बिशिष्ट अतिथि मिलन श्रेष्ठ, सहकारी अभियन्ता एवंम् बिशिष्ट अतिथि भरत अधिकारी, अतिथि नेकपा प्रतिनिधि तिलबहादुर रानाले शुभकामना मन्तव्य दिनु भएको थियो भने वडा न.२का वडा सदस्यहरु लालदेवी जैसी, भक्तबहादुर बुढा देउमा सुनार, टिके खत्री लगाएतको आथित्यता रहेको सभामा संस्थाका निर्वतमान सचिव ललित बस्नेतले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो ।
साधारण सभामा संस्थाका कोषाध्यक्ष चन्द्रबहादुर रानाले आर्थिक प्रतिवेदन पेश गर्नु भएको थियो भने लेखा सुपरिवेक्ष समितीका संयोजक दुर्गबहादुर थापाले लेखा प्रतिवेदन पेश गर्नु भएको थियो ।


सभामा सोहि वडाका ज्येष्ठ सदस्यहरु कुशले बस्नेत, रमा बिक, पानमती बिक, टिके थापा , अधिकतम शेयर खरिद गर्ने कल्पना खड्का, असल कर्जाको कारोबार गर्ने प्रेमबहादुर थापा, अपाङ्ग व्यवसायी भीमबहादुर खड्का ,निर्वतमान अध्यक्ष डिलबहादुर थापा र अन्य सदस्यहरु कुन्ती राना, भद्री खड्का,हस्ते खत्री, पर्से खड्का र पहल परियोजनाका बित्तिय सेवा अधिकृत मिलन श्रेष्ठलाई दोसल्ला ओडाई सम्मान गरिएको थियो ।
कार्यक्रमको सहजीकरण श्री जनएकता पशु तथा कृषि सहकारी संस्थाका शिक्षा उप–समिती संयोजक कर्णबहादुर थापाले गर्नु भएको थियो ।