सफलता सहकारीद्धारा जेष्ठ व्यक्ति र एकल महिला सम्मानित


जेष्ठ व्यक्तिलाई सम्मान गर्दे सभाका विशिष्ट अतिथि एवंम् हेफर इन्टरनेशनल नेपालका कार्यक्रम अधिकृत प्रदिप शर्मा ।

मिलन श्रेष्ठ
पुस, सुर्खेत । सहकारीको माध्यम बाट समाजको आर्थिक रुपान्तरण गर्न सम्भव भएको कुरा एक कार्यक्रममका प्रमुख अथितीले बताउनु भएको छ ।
सफलता उद्यमी महिला सहकारी संस्था लिमिटेड बराहताल गाउपालिका वडा नं.का अध्यक्ष्य श्री चन्द्रा गौतमको अध्यक्षतामा सम्पन्न आठौं बार्षिक साधारण सभाका प्रमुख अथिती एवंम् बराहताल गाउपालिकाका अध्यक्ष तेजबहादुर बस्नेतले उक्र कुरमा जोड दिनु भएको हो, बस्नेतका अनुशार महिलाहरु ब्यवहारमा इमान्दार र आफ्नो काममा प्रतिबद्ध हुने भएकै कारण महिलाहरुले गठन गरेको सहकारीले आफ्नो उद्देश्य पुरा गर्ने र समाज बिकासमा महत्वपूर्ण भुमिका खेल्ने हुनाले सहकारीको माध्यम बाट समाजको आर्थिक रुपान्तरण गर्न सम्भव भएको बताउनु भयो ।

आठौं बार्षिक साधारण सभाको उद्घाटन गर्दे सभाका सभापती, प्रमुख अथिती लगाएत अथितीहरु ।

यसै गरी “एकका लागी सबै र सबैका लागी एक” भन्ने मुल नाराका साथ सम्पन्न सफलता सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेड बराहताल गाउपालिका वडा नं.५ को आठौं बार्षिक साधारण सभामा प्रमुख अथिती बस्नेतले, हेफर इन्टरनेशनल नेपालले गठन गरेका २४० वटा सहकारी मध्य हाल २०० वटा सहकारीले खसीको बजारीकरण गरेकोमा यस अबधिमा सफलता सामाजिक उद्यमी महिला सहकारी संस्था लि. ले १७६१ खसी सहकारी मार्फत बिक्रि गरी दोस्रो स्थान प्राप्त गर्न सफल भएकोमा बधाइ दिनुभयो । यस आर्थिक बर्षमा गाँउपालिकाले मासु र दुध उत्पादनमा कृषकलाई प्रोत्साहन दिनका लागि बिक्रिमा आधारित अनुदान दिने निति लिएको र त्यसका लागि आवश्यक पर्ने कार्यबिधि निर्माणमा रहेको र स्थानिय सरकार प्रमुखको हैसियतले महिला सहकारीलाई सक्दो सहयोग गर्ने प्रतिबद्धता गर्नुभएको छ ।

सभालाई सम्बोधन गर्दे बिशिष्ठ अतिथि एवंम् बराहताल गाउपालिका उपाध्यक्ष शोभा शर्मा ।

यसै गरी सभाका बिशिष्ठ अतिथि बराहताल गाउपालिका उपाध्यक्ष श्री शोभा शर्माले देश विकासका लागि सहकारी महत्वपूर्ण क्षेत्र भएको कुरा बताउनु भयो । महिलाहरुले संचालन गरेको सहकारीले सहकारीको उद्देश्य अनुसारको काम गरेकोमा धन्यबाद ज्ञापन गर्नु भयको थियो । महिलारु बाख्रा पालन ब्यवसाय उन्मुख भएको र यसले महिलाहरुको आर्थिक आम्दानी बृद्धि भई आत्मनिर्भर हुदै गएकोमा खुशी ब्यक्त गर्नुभएको थियो भने यस कार्यमा योगदान पुर्याउने संस्था हेफर इन्टरनेशनल नेपाललाई धन्यबाद दिनुभएको थियो ।
साधारण सभाका विशिष्ट अतिथि हेफर इन्टरनेशनल नेपालका कार्यक्रम अधिकृत प्रदिप शर्माले परियोजनाले महिलाहरुको क्षमता अभिबृद्धि गर्दै सहकारीको माध्यम बाट समाजको आर्थिक रुपान्तरणका कामहरुमा टेवा पुर्याउने कुरा ब्यक्त गर्नु भएको छ ।
आज सम्पन्न आठौं बार्षिक साधारण सभामा सभाका अध्यक्ष चन्द्रा गौतमले प्रगति प्रतिबेदन पेश गर्नु भएको थियो भने सहकारीका ब्यवस्थापक चन्द्रा तारामले आर्थिक बर्ष २०७५÷०७६ सालमा संस्थाको कुल १ करोड ८० लाख १७ हजार १ सय ७५ रुपैयाको आय–ब्ययका साथै आगामी आर्थिक बर्ष २०७६÷०७७ का लागी रु.४ करोड ५१ लख ९३ हजार प्रस्तावित आय–व्यय प्रस्तुत गनु भएको थियो । यसैगरी सभामा लेखा समिति संयोजक प्रेम सींजालीले लेखा प्रतिबेदन पेश गर्नु भएको थियो ।
आठौं साधारण सभाको अवसरमा गरिब तथा जेहेन्दार १ जना छात्रलाई छात्रबृत्ति प्रदान गरिएको थियो भने सहकारी मार्फत धेरै खसी बिक्री बितरण गर्ने २ जना, सुपथ मुल्य पसल बाट नियमित र धेरै कारोबार गर्ने १ जना, ऐच्छिक बचत तर्फ १ जना, बाल बचत तर्फ १ जना असल कर्जाको कारोबार गर्ने १ जना गरी कुल ७ जना सदस्यहरुलाई नगर सहित दोसल्ला ओडाएर सम्मान गरिएको थियो भने सोहि अवसरमा १ जना जेष्ठ र १ जना एकल महिलालाई पनि नगर र दोसल्ला सहित सम्मान गरिएको थियो ।

आठौं बार्षिक साधारण सभामा बराहताल गाउपालिका वडा नं. ८ का वडा अध्यक्ष मणीराज कार्की, वडा नं.५ का वडा अध्यक्ष तिलक मर्साङ्गी, सुन्दर नेपाल संस्थाका परियोजना संयोजक पदम बहादुर दलामी, काशीराम शर्मा, देउरुपा खत्री, कुन्ती रेग्मी, बिभिन्न सहकारी संस्थाका प्रतिनिहरु लगाएतको उपस्थिति रहेको थियो ।