बालविवाहका कारण सम्बन्ध विच्छेद


download (1)सुर्खेत, २२ असार । सुर्खेतमा बाल विवाह विरुद्धको अभियान सञ्चालन भएको झण्डै एक दशक भयो तर बाल विवाह न्यूनिकरण हुन सकेको छैन । विभिन्न सामाजिक संघ संस्थाहरुले सुर्खेतका केही गाविसहरुलाइ बालविवाह मुक्त गाविसको रुपमा घोषणा गरेका थिए तर त्यो कार्यान्वयन हुन सकेन । सामाजिक संघ संस्थाले सुरु गरेको बालविवाह विरुद्धको अभियान अहिले सुस्ताएको छ ।

बाल विवाहकै कारण सम्बन्ध विच्छेद र असुरक्षित रुपमा आमा बन्ने गरेको तथ्याङ्कले पुष्टि गरेको छ । कम उमेरमा विवाह बन्धनमा बाँधिएर विवाह गरेको तीन चार वर्षे बच्चा जन्माएपछि श्रीमान् र श्रीमति एक अर्का विच मनमुटाव सुरु हुने र अन्तिममा सम्बन्ध विच्छेदको अवस्थामा पुग्ने गरेको छ । बाल विवाहले सम्बन्ध विच्छेदका साथसाथै कलिला आमाहरुको संख्यामा बृद्धि गराइरहेको छ ।

बालविवाहका कारण सम्बन्ध विच्छेद गर्न अदालतमा आउनेको संख्या त्रीव देखिएको । साथै जिल्लामा सानो उमेरमा विवाह गरी आमा बन्ने संख्या निकै देखिएको छ ।  वालविवाह मात्रै नभई हाल रोजगारीका शिलशिलामा विदेश जानेको परिवारमा समेत सम्बन्ध विच्छेद हुने गरेको महिला अधिकारकर्मीहरु बताउँछन ।

चालु आर्थिक वर्ष २०७२÷०७३ को ११ महिनाको अन्तरालमा जिल्ला अदालत सुर्खेतमा सम्बन्ध विच्छेदका गर्नका लागि ९ सय २८ मुद्धा दर्ता भएका छन् । जस मध्ये ५ सय २४ जनाको मुद्धा फैसला भएको जिल्ला अदालत सुर्खेतले जनाएको छ । त्यस्तै ४ सय १५ मद्धाको फैसला हुन बाँकि रहेको जिल्ला अदालत सुर्खेत मुद्धा दर्ता फाँट डिठ्ठा मीरा गौतमले बताईन ।

गत आर्थिक वर्षको भन्दा यस आर्थिक वर्षमा यस आर्थिक वर्षमा सम्बन्ध विच्छेदका मुद्धा धेरै दर्ता भएको उनले बतााईन । गत आर्थिक वर्षमा सम्बन्ध विच्छेदका लागि २ सय २६ जनाले मुद्धा दर्ता गराएका थिए । जस मध्ये १ सय ९५ मुद्धा फैसला गरिएको ३१ वटा बाँकि रहेको थियो ।

गत आर्थिक वर्षे २०७१/०७२ मा भन्दा यस आर्थिक वर्षमा ७ सय २ उजुरी धेरै दर्ता भएको ड्ठ्ठिा गौतमले जानकारी दिईन । असार महिनामा सम्बन्ध विच्छेदको लागि धेरै जनाले मुद्धा दर्ता गएको उनको जानकारी दिईन । यता बाल विवाहका कारणले गर्दा जिल्ला २० वर्षमा मुनिका आमा बन्ने महिलाको संख्या पनि निकै पाइन्छ । यस आर्थिक २०७२/०७३ सालको १० महिनाको अन्तरालमा सुर्खेतमा २२ सय ४६ जना महिलाहरु २० उमेर नपुग्दै आमा बनेका जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतका सूचना अधिकारी बसन्तमान श्रेष्ठले जानकारी दिए ।

गत आर्थिक वर्षमा २० वर्ष नपुग्दै २६ सय  ८२ जना बच्चाको आमा बनेको जिल्ला जनस्वास्थ्य कार्यालयको तथ्याङ्ख उल्लेख गरिएको छ । जनस्वास्थ्य कार्यालय सुर्खेतका सूचना अधिकारी श्रेष्ठमा सानै उमेरमा आमा बन्ने भविष्यमा महिलाहरुले विभिन्न सास्ती भोग्नु पर्ने बताए । हाल उमेर नपुगेका आमा बन्ने महिलाहरुले पाठेघरमा क्यान्सर सम्भावना धेरै रहेको उनको भनाई थियो ।

सबै भन्दा धेरै २२ देखी २४ वर्ष उमेरका मानिसहरुको सम्बन्ध विच्छेदका लागि मुद्धा दर्ता संख्या रहेको उनले बताईन । सम्बन्ध विच्छेद सबै भन्दा मुल कारण वाल विवाह नै भएको उनको भनाई थियो । बालविवाह मात्र नभई महिलाहरु कानुनको बारेमा जानकारी नहुँदा किन श्रीमानको हस्तपेक्षमा बस्नु भन्दा सम्बन्धीत निकायमा गएर सम्बन्ध विच्छेद गर्न तिर अग्रसर भएको उनले बताईन । विगतमा महिलाहरु सचेतनाका कारणले गर्दा दमन सहन पर्ने बाध्यता थियो उनले बताईन ।

हाल महिलाहरुमा श्रीमानको हस्तक्षेप सहनु भन्दा सम्बन्ध विच्छेद गर्नु उपयुक्त हुन्छ भन्ने चेतनाको विकासका कारणले सम्बन्ध विच्छेदका लागि अदालतमा आउने गरेको जनाइएको छ । यता पुनरावेदन अदालत सुर्खेतमा चालु आर्थिक वर्षमा सम्बन्ध विच्छेदका लागि ४ वटा उजुरी दर्ता भएका छन् । जसमा एक मुद्धाको फैसला भएको र तीन वटाको फैसला हुन बाँकी रहेको पुनरावेदन अदालत सुर्खेतको मुद्धा दर्ता फाँटले जनाएको छ ।

साभारः अनलाइन सुर्खेत