सुर्खेत महिला जेसीज क्षेत्र “घ”को उत्कृष्ट शाखा घोषित


१२ भाद्र, सुर्खेत । सन् २०१० मा स्थापित सुर्खेत महिला जेसीज ५० शाखाहरु मध्यबाट क्षेत्र “घ” को उत्कृष्ट शाखा घोषित भएको छ ।

कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा जारी नेपाल जेसीजको क्षेत्र “घ” सम्मेलनमा सुर्खेत महिला जेसीज उत्कृष्ट शाखा घोषित भएको हो ।

स्मरण रहोस् सुर्खेत महिला जेसीजले वीरेन्द्रनगरमा विभिन्न सामाजिक कार्यहरु गर्दै आएको छ ।