कोपिलाले रुकुमपश्चिमका क्वारेन्टाइनमा सामाग्री पठायो


२४ जेठ, सुर्खेत । कर्णालीमा कोरोना भाइरसको रफ्तार तिब्रगतिमा फैलिरहेको वेला सहयोग हातहरु अघी बढाउदै आइरहेको अमेरिकी नागरिक म्यागी डोयनको संस्था विलिंक नाव संस्थाले सुर्खेतमा रहेको कोपिला भ्याली सेवा समाजबाट आज पनि राहत सामाग्री हस्तान्तरण गरेको छ ।

कोपिला भ्यालीले कर्णाली प्रदेशको रुकुमपश्चिमा १ हजार ७ सय ५४ जना नागरिककालागि राहत सामाग्री पठाएको समाजका अध्यक्ष टोपबहादुर मल्लले जानकारी दिनुभयो । “हामीले प्रदेश सरकार संगको सहकार्य एवं समन्वयमा प्रदेशका १० वटै जिल्लामा रहेका नागरिकहरुकालागि खाद्य तथा स्वास्थ्य सामाग्री पठाइ रहेका छौ यो कार्यमा सहयोग गर्नुहुने सबैमा हामी आभार प्रकट गर्दछौ ।”