२१ फागुन काठमाडौं । मधेसी मोर्चाले आफनो माग प्रति सरकार गम्भिर नभएको ओरोप लगाउँदै बुधबार गरेको तेस्रो चरणको आन्दोलन प्रति नैतिक समर्थन एवं शक्ति जुटाउन मोर्चा समर्थन शीर्ष नेता आगामी साता पुन भारतको नयाँदिल्ली जाने तयारी गरिरहेका छन् ।
मोर्चाका संयोजक एवं तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले बिहीबार भैरहवामा आयोजित पत्रकार सम्मेलन गरेर जानकारी दिएका आजको अन्नपूर्णमा समाचार छ ।
भारतको नयाँ दिल्लीमा कार्यक्रम भएकाले आफूहरु जाने तयारी भएको नेता ठाकुरले बताए । अध्यक्ष ठाकुरले दिल्लीको भ्रमण एवं भारतका कुनकुन पार्टीका नेतासँग् भेट हुने र के सम्झौता गरिन्छ भन्नेबारे भने केही बताएनन् ।
साभारः अनलाइन खबर



Milan Shrestha । २१ फाल्गुन २०७२, शुक्रबार ०३:४७ बजे