“Hero women’s gold cup” नेपालद्वारा भारत पराजित (फोटो फिचर)


Photo: ANFA Facebook Page

२८ माघ ।  भारतको उडिसामा जारी महिलाहरुको फूटवल प्रतियोगिता “Hero women’s gold cup” मा नेपालले आज भारतलाई १ विरुद्ध २ गोलले हराएको छ ।

आगामी फागुन २८ मा विराटनगरमा हुने महिला साफ च्याम्पियनसिपको तयारीकालागि भारतमा फूटवल खेल खेल्न गएको नेपालका फूटवल टिमका एथ्लेटिक्स प्रशिक्षक एवं पर्फमेन्स कोच विवेकविक्रान्त अधिकारीले जानकारी दिनुभयो ।

Photo: ANFA Facebook Page

“यस भन्दा अघिको खेलमा नेपालले म्यान्मार संग ३ गोल खाएर हारेको थियो तर आज भारतलाई जितेको छ । आज हामी निक्कै खुशी छौ” एथ्लेटिक्स प्रशिक्षक एवं पर्फमेन्स कोच विवेकविक्रान्त अधिकारीले भन्नुभयो ।

लमजुङ्गका एपीफका खेलाडी स्टाइकर सावित्रा भण्डारी “साम्वा”ले नेपालको जितकालागि २ गोल गर्नुभएको कोच अधिकारीले बताउनुभयो ।

Photo: ANFA Facebook Page

अब नेपालले इरान संग खेल खेल्न बाँकी रहेको छ । अहिले सम्मको इतिहासमा नेपालले पहिलो पटक भारतकै खेल मैदान भारतलाई हराएको हो ।

“पर्फमेन्स राम्रो हुँदै गइरहेकोले इरानलाई हराउन सक्ने विश्वास हाम्रो रहेको छ ।” कोच अधिकारीले भन्नुभयो । प्रतियोगितामा सुर्खेतकी चेली गिता रानाले मेन डिफेन्समा खेली रहुनभएको अधिकारीले बताउनुभयो ।