
मिलन श्रेष्ठ
मंसिर, सुर्खेत । लायन्स क्लब अफ इण्टरनेशनल डिष्ट्रिक ३२५ वी २ का डिष्ट्रिक्ट गभर्नर एमजेएफ लायन अनुप पहारीको प्रमुख आतिथ्यतामा प्रदेश अस्पताल सुर्खेतको प्राङ्गणमा एक कार्यक्रमको आयोजना गरी नबजात शिशुहरूका लागि बहुउपयोगी अन्तर्राष्ट्रिय स्तरकाको विशेष इक्वीप्मेण्टहरु कर्णाली प्रदेश अस्पताल प्रमुख डा.डम्बर खड्कालाई हस्तान्तरण गरिएको छ ।
कार्यक्रमका बिशेष अथिती लायन्सडिष्ट्रिक्ट एडभाइजर विजय पराजुलीका अनुशार, कर्णाली प्रदेश अस्पताललाई लायन्स क्बलले यस अघिनै रु १८ लाख बराबरको मेडिकल इक्वीप्मेण्ट प्रदान गरि सकेको र हाल यसबर्ष पुनः थप मेडिकल इक्वीप्मेण्ट प्रदान गरिएको बताउदै यस प्रदेशमा लायन्स क्लबहरु स्थापना भए संगै स्वास्थ्य, शिक्षा, बाल–बालिका, बृद्ध–बृद्धा, वातावरिण र सामाजिक क्षेत्रमा विभिन्न कार्यहरु गर्दे आईरहेता पनि हाल केहि समय यता प्रत्यक्ष स्वास्थ्य क्षेत्रमा कार्यरत संस्थालाई आर्थिक भार नपरोस् भन्ने उद्धेश्यका साथ बहुमुल्य उपकरणहरु ह्स्तान्तरण गरी समाजमा लायन्सले गरेका उपलब्धि मुलक कार्यहरुको जानकारी दिन पाउदा आफू लायन्स भई गौरभान्वित भएकोमा जोड दिनु भयो ।
यसै गरी सामाग्री हस्तान्तरण कार्यक्रममा बोल्दै डा।डम्बर खड्काले भने ू यी सामाग्री नबजात शिशुहरूका लागि बहुतै उपयोगी छन्, इटालीरयुएसए मा बनेका यति राम्रो क्वालिटीको मेडिकल इक्वीप्मेण्ट प्राप्त भएकोमा हामि ज्यादै हर्षित छौ । उहांले भन्नु भयो, उहांले भन्नु भयो, हामीले पनि अत्याधुनिक सामाग्रीहरु खरिद गर्ने सोचमा त छौं तर के गर्ने सरकारी खरिद प्रक्रिया नै ढिलो छ, तर्सथ सरकारले समयमा नै गर्ने नसकेको काम लायन्स क्लब निशुल्क गरेकोमा धन्यबाद समेत व्यक्त गर्नु भयो । लायन्स क्लबले उपकरण हस्तान्तरण मात्र नभई उपकरहरु संचालनको तालिम समेत व्यवस्था गरी वास्तवमा लायन्स क्बलले उदाहरणिय कार्य गरेको र आफूले प्राप्त गरको उपकरणहरु अन्त सम्म सम्मार सहित संचालन गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नु भयो ।

एम्बेष्डर अफ गभर्नर किशोर रेग्मीको अध्यक्षतामा सम्पन्न सामाग्री हस्तान्तरण कार्यक्रममा प्रदेश अस्पताल व्यवस्थापन समितिका अध्यक्ष श्यामलाल कडेंल , लायन्स को(चीफ एडभाईजरद्वय मुकुट ढकाल र चिन्तामणी धिताल,गभर्नर्स सेक्रेटरी अनिशा शर्मा,सिनियर डिष्ट्रिक्ट एडभाईजरद्वय टिकाराम चपाई डिष्ट्रिक्ट एडभाईजर शशी स्वांर ,डिष्ट्रिक्ट चीफ कमल नेपाल,रिजनचियरपर्सन बिन्दु नेपाल,जोनचयिरपर्सनद्धय पूर्ण बहादुर नेपाली र भानुभक्त खड्का एवं TU Lions Blood Bank and Research Centre का आजीवन सदस्य भद्र भण्डारी लगायतका डिष्ट्रिक्ट क्याविनेटका अफिसरहरू,विभिन्न क्लबका अध्यक्ष एवं लायन्स सदस्यहरू सहित प्रदेश अस्पतालका डाक्टरहरुको बृहत् उपस्थिति रहेको थियो ।
हस्तान्तरण कार्यक्रमकै शुभ अवसर पारी स्वास्थ्य क्षेत्र सहित सामाजिक क्षेत्रमा योगदान पुर्याउने व्यक्तिहरुको उपस्थित हुने गरी डाक्टर डम्बर खड्काको अध्यक्षतामा लायन्स क्लब अफ सुर्खेत चौगानको स्थापना गरिएको छ , जसमा डा. नवराज, डा. केएन , डा. समद्रशी ,डा. कल्पना थापा र बिनोद बस्नेत रहनु भएको छ भने डिस्टिक गभर्नरले बधाई ब्यक्त गर्दै पीनले सम्मान पनि गनुभएको छ ।
Autonomous Province of Trento, Italy, Amici della Neonatologia Trentina (ANT), Trento, Italy को आर्थिक सहयोग एवं Day One Health, USAको बिशेष पहलमा उक्त pQm मेडिकल इक्वीप्मेण्टहरू Local Organiser को रूपमा लायन्स क्लबलाई प्राप्त भएको हो । लायन्स क्लब इण्टरनेशनल डिष्ट्रिक्ट ३२५ वी 1 का 1st Vice Governer मन रोका र Day One Health, USA का Board of Adviser नरेन्द्र श्रेष्ठ, MTTS का Country Director कुशल थापा र Lions Club of Kathmandu Samakhusi का अध्यक्ष अम्बिका पौडेल विशेष पहलमा कर्णाली प्रदेश अस्पताललाई उक्त मेडिकल इक्वीप्मेण्ट प्रदान गरिएको हो ।



Milan Shrestha । १७ मंसिर २०७६, मंगलवार ०८:०० बजे