अस्पतालको लापरवाहीले सुत्केरीको मृत्यु


सुर्खेत, ३१ जेठ ।
सुत्केरी हुन क्षेत्रीय अस्पताल पुगेकी एक महिला र शिशुको मृत्यु भएको छ । साटाखानी गाविस–२ निवासी हाल वीरेन्द्रनगर–१४ गुप्तीपुरका २५ वर्षिय तीला गन्द्रमाको सुत्केरी गराउने क्रममा उनको र शिशुको मृत्यु भएको हो ।

सुत्केरी व्यथा लागेपछि मध्यपश्चिम क्षेत्रीय अस्पताल सुर्खेतमा आईतबार विहान ८ बजे भर्ना गरिएको थियो । तर तीलाको सोमबार विहान सवा ७ बजे मृत्यु भएको अस्पताल स्रोतले जानकारी दियो । आफन्तले भने डाक्टरको चरम लापरवाहीले मृत्यु भएको आरोप लगाएका छन् ।

तीलाका श्रीमान बलबहादुर गन्द्रमाले अस्पतालका डाक्टर र नर्सहरुले राम्रोसंग उपचार नगरेको बताए । ‘सोमबार विहान सवा ६ बजेसम्म श्रीमतिको स्वास्थ्य अवस्था राम्रै थियो ।’ विरामी श्रीमतीसंगै रहेका उनले भने,–‘सवाँ ६ बजेपछि अवस्था विग्रन थालेपछि डाक्टरलाई खवर ग¥यौं, मोवाइल स्वीचअफ भन्यो, बोलाएर ल्याउदै गर्दा श्रीमतीको मृत्यु भइसकेको थियो ।’

श्रीमती गुमाएपनि अस्पतालका डाक्टरहरुको व्यवहार राम्रो नभएको तीलाका आफन्तको छ । झण्डै २४ घण्टासम्म सुरिक्षत सुत्केरी गराउन नसकेकोमा सेवाग्रहीले अस्पतालमाथि प्रश्न उव्जिएको छ । तीलाका करिव ६ वर्षिय छोरी छिन् ।

यता क्षेत्रीय अस्पतालका मेडिकल सुपरिटेण्डन डा. डम्बर खड्काले डाक्टरको लापरवाहीबाट महिलाको मृत्यु नभएको दावी गरेका छन् । उनले सुत्केरी महिलालाई बचाउने अनेक प्रयास गरिएपनि असफल भएको जानकारी दिए ।

तीलाको पाठेघरमा बच्चा खेल्ने पानीघर फुटेर रगतबाट शरिरका अन्य भागमा सञ्चार भएर मुत्यु भएको हुन सक्ने आँकलन डा. खड्काको छ । ‘यस्ता घटना एक्काशी हुन्छन्’ डा. खड्काले भने,–‘झण्डै तीन वर्ष अघिपनि अप्रेशनका क्रममा सुत्केरीको मृत्यु भएको थियो । तर यो पटक अप्रेशन नगर्दै यस्तो भयो ।’

आफन्तले लगाएका आरोप मिथ्या भएको उनको तर्क छ । २४ सैं घण्टा डाक्टर अस्पताल परिसरमै रहने भन्दै डा. खड्काले तुरुन्त सुत्केरी वार्डमा डाक्टर पुगेर बिरामीको अवस्था बुझेका थिए ।

तर डाक्टर ढिलो आए भन्नु गलत भएको बताए । अस्पतालका मेसु डा् खड्का र आफन्तविच वार्ता भएको थियो । तर आफन्तले जे नहुनु थियो त्यो भइसक्यो भन्दै तीला र शिशुको सव बुझेर सोमबार नै अन्तिम दाहसंस्कार गरेका छन् ।
साभारः अनलाईनसुर्खेत ।