
९ बैशाख, सुर्खेत । आजभोली देशका धेरै जसो शहरहरु सफा देखिएका छन् । यस्का यउटै कारण हो देश अहिले लकडाउन हुनु ।
अहिलेको यो समयमा मानिसमा के सम्म छाप परेको छ भने देश सफा हुनकालागि बेलाबेलामा लकडाउन भैरहनुपर्छ भन्नेहरुको जमात बन्न थालेको छ । अहिलेको यो अवस्थामा विषेश गरेर संघीय राजधानी काठमाण्डौंका सडक सफा र चिटिक्क पारिदै छ ।
काठमाण्डौंका सडक यतिखेर मर्मत हुँदै धेरै सुधार हुँदैछ । सडक विभागले यो लकडाउनमा एउटा गतिलो काम चाही गरेकै हो । यही सिको सबै शहरमा प्रदेश तथा स्थानीय निकायले गर्न सक्यो भने पक्कैपनि देशका शहरमा विकास हुने निश्चित नै छ । तर यो समयलाई सदुपयोग गर्न अन्य प्रदेश तथा स्थानीय निकायको ध्यान जान सकेको छैन ।
हामी यहाँ अन्य प्रदेशको कुरा नगरेर हाम्रै कर्णाली प्रदेशको कुरा गरौंन । हाम्रो प्रदेशको राजधानी वीरेन्द्रनगर आधुनिक शहरको विकास तर्फ दौडदै छ । विकास सुस्तगतिमा बढीरहेको थियो तर लकडाउनको कारणले यो विकासको गति ठप्प भएको छ । राजधानीमा रहेको फोनलेन सडक पूर्णरुपमा बनीसकेको छैन अरु सबै छोडेर यही फोरलेनलाई बनाउन सकेको भए राजधानीको मुहार नै परिवर्तन हुने थियो । त्यसै गरि बजार क्षेत्रका नालाहरु सोलार बत्ती सिसिटिभी क्यामेरा लगाएतका मर्मत गर्नुपर्ने सबैलाई मर्मत गर्न सक्यो भने पनि साह्रै राम्रो हुने देखिन्छ ।

त्यस्तै केही समयबाट वीरेन्द्रनगरको महत्वपूर्ण पर्यटकिय काँक्रेविहार तर्फ जाने मंगलगढी काँक्रेविहार जानेबाटो कहिले बनीसक्ने हो भन्ने अन्यौल छाएको छ । एक त नेपालीहरुले गर्ने काम समयमा पुरा नगर्ने झन त्यसमाथि यो लकडाउन । विकास काम गर्नकालागि अहिले काठमाडौंको सडक विभागले जसरी सडक निर्माण गरेको छ त्यसै गरि यही समयमा सम्बन्धित निकायले अनुगमन गरेमा यो बाटोले गती पाउने थियो भनेर स्थानीय अगुवाहरु बताउँछन् ।
यता वीरेन्द्रनगर ९ का वडा अध्यक्ष सुरेश मानन्धर यो कुरालाई सकारात्मक मान्दै बैशाख १५ पछिको लकडाउन जे भएपनि निर्माण कार्य अगाडी बढाउन निर्माण कम्पनीलाई आग्रह गर्ने बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ ‘यो समयमा निर्माण कम्पनीलाई सामाग्री जुटाउन अलि गाह्रो हुन्छ कि भन्ने मात्र हो । तर यो सबै कुरालाई मध्यनजर गर्दै सबै तर्फ ध्यान दिए भने काम गर्न कुनै समस्या नहुने भन्ने राजधानी सडक निर्माणले देखाएको छ ।’
यता वीरेन्द्रनगर ६ का वडा अध्यक्ष मोती कँडेलले यो लकडाउनको समयमा कुनै कार्यक्रमहरुको नभएको जानकारि दिनुभयो । यो लकडाउनको समयमा प्रशासनबाट बाहिर ननिस्कन भनेको बेलामा अहिले कुनै कार्यक्रम नभएको हो । वडा अध्यक्ष कँडेलले भन्नुभयो ।
त्यसैले सामाजिक दुरी कायम गर्दै यो समयमा विकास गर्न गर्न सके पक्कैपनि कर्णाली मुहार फेरिने छ ।




Prawash Kumar Shakya । ९ बैशाख २०७७, मंगलवार १७:२० बजे