
१४ मंसीर, सुर्खेत । कर्णाली प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रीमा नेकपा माओवादीका विन्दमान विष्ट नियुक्त हुनुभएको छ ।
आज मंगलबार मुख्यमन्त्री जीवनबहादुर शाहीको सिफारिसमा प्रदेश प्रमुख तिलक परियारले बिष्टलाई आर्थिक मामिला तथा योजना मन्त्रीमा नियुक्त गर्नुभएको हो ।
स्मरण रहोस नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश सभाका संसदिय दलका नेता महेन्द्रबहादुर शाहीले मुख्यमन्त्री पदबाट राजिनामा दिएपछि मुख्यमन्त्री हुनुभएका नेपाली काँग्रेसका जीवनबहादुर शाहीले सपथ लिएको २८ दिनपछि कर्णाली सरकारको आर्थिक मामिला तथा योजना मन्त्री नियुक्त गर्नुभएको हो । यसअघि भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा चन्द्रबहादुर शाही नियुक्त भैसक्नुभएको छ ।
नवनियुक्त मन्त्री विष्टको आज साढे सात बजे सपथ ग्रहण गर्ने कार्यक्रम रहेको प्रदेश प्रमुख कार्यालयले जनाएको छ ।



Prawash Kumar Shakya । १४ मंसिर २०७८, मंगलवार १७:१९ बजे