
२२ मसीर, सुर्खेत । २८औं अपाङ्गता दिवसको अवसरमा अवसरमा आज एक कार्यक्रमको आयोजना गरि अपाङ्गता भएकाहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको छ ।
एभरेष्ट बैंकको सहयोगमा नेत्रहिन यूवा संघ नेपाल सुर्खेत शाखाले कार्यक्रमको आयोजना गरि शैक्षिक सामाग्री हस्तान्तरण गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथी वीरेन्द्रनगर नगरपालिका ४ नं. वडा अध्यक्ष निलकण्ठ खनालले बैंक नाफा मुखी संस्था भएरपनि सामाजिक सेवामा अग्रसर भएकोमा एभरेष्ट बैंकको कामको प्रशंसा गर्नुभयो । उहाँले भन्नुभयो । सरकारले वितरण गर्ने यस्ता किसिमका सहयोगमा पहुँचवालाको मात्र हात पर्ने भएकोले अब आफूले सक्दो सहयोग गर्ने लागि पर्ने छु ।
त्यस्तै एभरेष्ट बैंक कर्णाली प्रदेशका प्रमुख विनोद अर्यालले अपाङ्गता भएकाहरुलाई करिव ९० हजार बराबरको शैक्षिक सामाग्री हस्तान्तरण गरेको बताउनुभयो ।
कार्यक्रममा अपाङ्गता संरक्षण नेपालका केन्द्रिय अध्यक्ष विरोध खतिवडाले बैंकले अपाङ्गता भएकाहरुलाई सामाग्री प्रदान गरेकोमा बैंकलाई धन्यवाद ज्ञापन गर्नुभयो ।
कार्यक्रमको सहजीकरण एन ए वी सुर्खेत परियोजना संयोजक रितु चन्दले गर्नुभएको थियो



Milan Shrestha । २२ मंसिर २०७६, आईतवार १९:१३ बजे