तीजको नाच हेर्न गएका २ जनाको गाेली हानी हत्या


दाङ, ६ भदौ । दाङको देउखुरी गढवामा तिजको नाच हेर्न गएका दुई जनाको गोली हानी हत्या भएको छ । गढव–५ खबरी नाकाका ३२ वर्षका कर्णबहादुर पुनले ३२ वर्षका राजु रोका र कालु रोकाको भरुवा बन्दुकले हानेर हत्या गरेको दाङका प्रहरी प्रमुख एसपी धिरजप्रताप सिंहले जानकारी दिनुभयो । गोली लागि गम्भीर घाइते कालु रोकाको उपचारका लागि बाँकेको कोहलपुर लैजाँदै गर्दा बाटोमै ज्यान गएको हो ।

राजु रोकाको भने उपचारका क्रममा ज्यान गएको हो । आइतबार राति खबरी नाकामा लागेको तीजको मेलामा पुगेका राजु र कालुलाई पुनले पुरानो रिसइबी साँध्न गोली हानेको एसपी सिंहले बताउनुभयो । पुनले योजनावद्ध रुपमा आक्रमण गरेको देखियो, उसले पहिलेनै भरुवा बन्दुक लुकाएर राखेका रहेछन, जब रोकाद्धय मोटरसाइकमा चढे लगतै उसले गोली हान्दा एउटाको घाँटी छेड्दै अर्कालाई पनि गोली लागेको पाइएको छ ।

साभारः राराखबर अनलाइन