कर्णाली प्रदेश मानव विकास सुचाङ्कका हिसावले पछाडीः मन्त्री भण्डारी (भिडियो सहित)


२८ मंसीर, सुर्खेत । कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले कर्णाली प्रदेश मानव विकास सुचाङ्कका हिसावले पछाडी परेको बताउनुभएको छ ।

वीरेन्द्रनगरमा आज राष्ट्रिय अपाङ्ग पुर्नस्थापना समाजले आयोजना गरेको अपाङ्गताभएकाहरुलाई व्हील चियर वितरण कार्यक्रममा यस्तो बताउनुभएको हो ।

हाम्रो प्रदेशको विडम्बना प्राय मानिसहरु सपाङ्ग भएतापनि कुनै न कुनै प्रकारले अपाङ्गता छ । भौतिक रुपले सपाङ्ग भएपनि भित्र भने कुनै अपाङ्गता रहेकोले हाम्रो यो प्रदेशमा धेरै अपाङ्गता छ । अपाङ्गताको कुनै न कुनै परिभाषाले यहाँका थुप्रै नागरिकहरुलाई समेट्छ त्यसैले हाम्रो प्रदेशका नागरिकहरुलाई सक्षम बनाउन जरुरी छ । मन्त्री भण्डारीले भन्नुभयो ।

अपाङ्गता भएका व्यक्तीहरुलाई विषेश प्रकारको उत्पादशील बनाउनकालागि विभिन्न प्रकारका कार्यक्रमहरु संचालन गर्न जरुरी रहेको मन्त्री भण्डारीले जिकिर गर्नुभयो । उहाँले भन्नुभयो । कर्णाली प्रदेश सरकार अपाङ्गता भएका व्यक्तिहरुकालागि सम्वेदनशील रहेको छ ।

मन्त्री भण्डारीले अपाङ्गता भएका व्यक्तीहरुले उच्च मनोबल लिएर अगाडी बढेमा समाजका निम्ती केही गर्न सक्ने बताउनुभयो । शारिरीक अपाङ्गता भनेको जीवनको समाप्ती होइन त्यसैले यो जीवनलाई राष्ट्रकालागि परिवारकालागि समाजकालागि केही गर्न सकिन्छ भन्दै झमककुमारी घिमिरेको उदाहरण दिनुभएको थियो ।

कार्यक्रममा कर्णाली प्रदेशका सभासद एवं सामाजिक विकास समितिका अध्यक्ष राजु नेपालीले संघीय संरचना मध्यको पहिलो कर्णाली प्रदेश हो । त्यसैले हामी यो प्रदेशलाई व्हील चियर मैत्री हुनपर्छ भन्ने कानुन बनाउने बताउनुभयो । पहिला अपाङ्गता भएकाहरु बाहिरी संसार हेर्नकालागि अरुको साहारा लिनुपर्थ्यो तर अहिले धेरै संघसंस्थाहरुको कारणले व्हील चियरको माध्यमबाट आफै बाहिरी संसार हेर्ने सक्ने गराइदिएकोमा व्हील चियर वितरण गर्ने संघसंस्थाहरु धन्यवाद दिँदै व्हील चियर दिने दातृ निकायहरुसंग यस्तो कामकालागि होष्टेमा हैंसे गर्न कर्णाली प्रदेश सरकार तयार रहेको सभासद नेपालीले भन्नुभयो ।

कार्यक्रममा राष्ट्रिय अपाङ्ग पुर्नस्थापना समाजका अध्यक्ष राकेश हमालले स्थापनाकाल देखि नै विभिन्न किसिमको सकारात्मक कामहरु गर्दै आइरहेको र बर्ष २०२०लाई कर्णालीलाई प्राथमिकतामा राख्दै मिशन कर्णाली रहेको बताउनुभयो ।

वीरेन्द्रनगरमा सम्पन्न ३ दिने व्हील चियर नापजाँच सम्वन्धी आधारभूत तालिम तथा अपाङ्गगता भएका ४२ जना व्यक्तीहरुलाई WHO को मान्यता अनुरुप व्हील चियर पनि वितरण गरिएको समाजका सचिव सुगम भट्टराईले जानकारी दिनुभयो ।