१२ जेठ सुर्खेत
बौध्द ग्रामीण बहुउद्देश्यीय सहकारी संस्थाले आज आफ्नो १७ औ बार्षिक उत्सव एक कार्यक्रम गरि मनाएको छ । शुरुवातमा बचत तथा ऋण बाट शुरु गरेको बौद्धले २०६३ साल जेठबाट बौद्ध बैंकिङ्ग कार्यक्रम नामबाट लघुवित्त कार्यक्रम संचालन गरेको ह । बार्षिक उत्सव कार्यक्रममा कार्यक्रमका विषेश अतिथी हालै निर्वाचित वीरेन्द्रनगर नगरपालिका उप-प्रमुख मोहनमाया ढकालले प्रदेश नं ६ का लागि शहिद हुनुभएका यामबहादुर विसी गोपालसिंह रजवार र टिकाराम गौतमलाई मरोणपरान्त सम्मान पत्र र नगद रु.१०हजार पाँचसय दिंदै उहाँहरुको सपना सकार पार्न आफु लागि पर्ने बताउनुभयो ।
आफुहरु कहि कतै चुके शहिद परिवार लगाएत सम्पूर्णलाई खबरदारी गर्न आग्रह गर्नुभयो । त्यस्तै उप-प्रमुख ढकाले संस्थाका सदस्यहरुको दैनिकी जीवनयापन गर्नलाई सदस्य भै ऋण लिएर गरेको कामको अनुभव सुन्दा महिलाको काम र हौसलाले मन छोएको बताउनुभयो । संविधानले नै अहिले महिलाहरु लाई धेरे हक अधिकार दिएकाले त्यसलाई सही उपयोग गर्नुपर्नेमा जोड दिंदै बौद्ध ग्रामीणको कार्यको प्रशंसा गर्नुभयो ।

त्यस्तै कार्यक्रमका प्रमुख अतिथी राष्ट्रिय सहकारी संघका संचालक पदम दाहाले बौद्ध ग्रामीण सहकारीको कामको प्रशंसा आफुले विदेशमा सुन्दा पाउँदा निकै खुशी लागेको बताउँदै त्यसैले यसरी नै प्रशंसनीय योग्य काम गर्न सम्पूर्णलाई सुझाव दिनुभयो ।
त्यस्तै कार्यक्रमका सभापती संस्थाका अध्यक्ष पञ्चसिंह रोकायाले बंगलादेशबाट शुरु भएको लघुवित्त कार्यक्रमलाई आफ्नो समूहले सुर्खेतमा शुरु गरे पछि सदस्यहरुको जीवन परिवर्तन भएको देख्दा संस्था सफल भइरहेको अनुभव गरिरहेको बताउँदै संस्थाका सम्पूर्ण शेयर सदस्य संचालक समिति कर्मचारी परिवार र सदस्यहरुको माया र आर्थिक सहयोगले आफुले कलेजो प्रत्यारोपण गरि नयाँ जीवन पाएकोले अब एउटा स्वास्थ उपचार कोष खडा गरि व्यक्तिगत रुपमा रु. १ लाख दिने घोषणा गर्नुभयो ।
कार्यक्रममा संस्थाका वरिष्ठ प्रवन्धक विशाल केसीले प्रगती विवरण गर्दै संस्थाले हाल किसानहरु संग हातोमालो गर्दै डेरी संचालनमा ल्याएको र निकट भविष्यमा पानी उद्योग र स्वास्थ क्षेत्रमा पनि लगानी गर्ने संस्थाको योजना रहेको बताउनुभयो ।
करिव ६सय जना सहभागी रहेको कार्यक्रमको संचालन रामु सुबेदीले गर्नुभएको थियो ।



Prawash Kumar Shakya । १२ जेष्ठ २०७४, शुक्रबार ११:३८ बजे