
२८ मंसीर, सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा एकै छाना मुनि सवैखाले उपभोग्य समान उपलब्ध गराउने उद्देश्यले संचालनमा ल्याएको सुर्खेत सुपर मार्केटका व्यवासायीहरुले ग्राहकहरुलाई दशैतिहारलाई लक्षित गरि सञ्चालन गरिएको उपहार कार्यक्रमको नतिजा आज एक कार्यक्रमको आयोजना गरि सावर्जनिक गरिएको छ ।
गत असोज ११ गते देखि शुभारम्भ गरिएको सुर्खेत सुपर मार्केटमा रहेका पसलहरुबाट १ हजार भन्दा माथिका सामान खरिद गर्ने ग्राहकवर्गलाई दशैंतिहार लक्षित उपहार कार्यक्रमको नतिजा आज सार्वजनिक गरिएको हो ।
कार्यक्रममा पहिलो उपहार ३२ इन्चको एलइडी टिभी निर्दोश खड्काले प्राप्त गर्नुभएको थियो भने दोश्रो पुरस्कार एमआइ मोबाइल प्रमी शाक्यले प्राप्त गर्नुभएको थियो । त्यस्तै स्मार्टवाच क्रमशः विनोद जंग, प्रेमबहादुर चुनारा र विशाल थापाले एमपी थ्री स्पीकर पुजा मःमः सेन्टर, राजीव शर्मा र ज्योती गुरुङ्गले राइस कुकर आराध्या ढकाल र करिष्मा बैगारले आइरन कमल थापा, विनिता खनाल र तारा घिमिरेले मेकअप किट मानुषी अधिकारी, हिक्मत सोनी र मोबाइल नम्बर ९८६८१२०६८७ ले प्राप्त गर्नुभएको थियो ।

त्यस्तै मार्कटमा सञ्चालित चकटी लाउञ्जमा कपल डिनरको उपहार रमा सुनार तथा विनोद बोहोराले प्राप्त गर्नुभएकव थियो भने बच्चाको खेलौना उपहार शोभा, शारदा बुढाथोकी, सरस्वति रोकाय, रामकुमार चौधरी र कुलबहादुर केसीले, टिसर्ट उपहार मल्लिका श्रेष्ठ, रिशाल गुरुङ्ग, लोकेन्द्र सिंह, मेनुका, दाउत नेपाली, संगिता यादव, सरिता बुढा, रोशनबहादुर डाङ्गी, प्रेम गौतम र मन्जु वलीले प्राप्त गर्नुभएको सुर्खेत सुपर मार्केट समितिले जनाएको छ ।
लक्की ड्र कार्यक्रमको व्यवस्थापन तथा सांस्कृतिक कार्यक्रमको जिम्मा तनाब छ जिन्दगी फाउण्डेशनले लिएको थियो । फाउण्डेशनले विभिन्न शैलीका गीत संगीतहरुको फ्युजन सहितको सांस्कृतिक कार्यक्रम गरेको थियो । जसमा लोक, आधुनिक,पप रक, सेन्टिमेन्टल इभेन्टहरु प्रस्तुत गरिएको फाउण्डेशनका अध्यक्ष संजय योगीले बताउनुभयो ।
उपहार कार्यक्रमकै अवसरमा आजैबाट सुर्खेत सुपर मार्केटमा सुविधा सम्पन्न रेष्टूरेण्ट “चकटी लाउन्ज” पनि शुभारम्भ गरिएको छ । मिनी गार्डेन, प्रशस्त पार्किङ्ग सहित स्वादिष्ट परिकारहरु पस्कने उद्देश्य अनुरुप सुपर मार्केटमा आधुनिक रेष्टूरेण्टको सञ्चालन गरिएको चकटी लाउन्जका सञ्चालक गोपाल विसीले जानकारी दिनुभयो ।




Milan Shrestha । २८ मंसिर २०७६, शनिबार १८:४० बजे