५ जेठ, कालिकोट । जिल्लाको शुभकालिका गाँउपालिकामा कोरोना भाइरस (कोभिड-१९)को परिक्षणकालागि स्वाब संकलन कार्यमा केही स्थानीयले अवरोध गरेको बताइएको छ ।
१५/२० जनाको समूहले स्वाब संकलन गरिरहेको स्थानमा आइ विद्यालयलाई क्वारेन्टाइन बनाउन नदिने बनाएमा आगो लगाइदिने धम्की दिएको पालिकाद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ । समूहले गाँउपालिका अध्यक्ष खडानन्द चौलागाई वडा नं ४ का अध्यक्ष रामबहादुर शाही वडा नं ५ का अध्यक्ष केशन बहादुर शाही रेडियो शुभकालिकाका स्टेशन म्यानेजर किरण अधिकारीलाई दुर्व्यवहार गरिएको विज्ञप्तीमा जनाइएको छ । साथै यस्तो कार्य गर्नेहरुलाई सम्बन्धित निकाय संग कारवाहीकोलागि जोडदार माग गरिएको उल्लेख छ ।




Prawash Kumar Shakya । ५ जेष्ठ २०७७, सोमबार २०:५२ बजे