कर्णाली प्रदेशमा राष्ट्रिय झण्डा दिवस मनाईयो


१ पौष, सुर्खेत । “मेरो सान मेरो स्वाभिमान, राष्ट्रिय झण्डा मेरो पहिचान” नारालाई आत्मसाथ गर्दै आज कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा दोश्रो राष्ट्रिय झण्डा दिवस मनाइएको छ ।

कर्णाली यूथ पावरको सहकार्यमा राष्ट्रिय पोशाक संरक्षण महाअभियान नेपाल र राष्ट्रिय धरोहर स‌ंरक्षण प्रतिष्ठान नेपालको आयोजनामा राष्ट्रिय झण्डा दिवस मनाइएको हो ।

कार्यक्रममा भीम थापाले पछिल्लो अवस्थामा राज्यस्तरबाट नै विभिन्न ठाँउमा राष्ट्रिय झण्डाको दुरुपयोग भएको छ । झण्डै नभएपछि राष्ट्रिय पोशाक नै नरहेपछि राष्ट्रलाई चिनाउने सम्पत्ति नरहे देश नै नरहने बताउनुभयो । उहाँले भन्नुभयो । जब सम्म झण्डामा चन्द्र र सूर्य रहन्छ तब सम्म देश रहन्छ । पछिल्लो समयमा झण्डा परिवर्तन गर्नुपर्छ भन्ने जुन कुरा उठिरहेको छ त्यो गलत छ । हाम्रो राष्ट्रिय झण्डा विश्वमा अरु भन्दा फरक र उत्कृष्ट रहेको बताउनुभयो ।

कर्णाली यूथ पावरका अभियन्ता सचिन तिमिल्सिनाले सन् १९६२ डिसेम्बर १७ का दिन संयूक्त राष्ट्रिय संघबाट मान्यता पाइएको दिनलाई सम्झदै राष्ट्रियता बनाउनकालागि राष्ट्रिय झण्डा दिवस राज्य मनाउनु पर्ने हो तर त्यसो हुन सकेको छैन् । २०७५ सालबाट आफूहरुले काठ्माण्डौबाट राष्ट्रिय झण्डा दिवस मनाउन शुरु गरेको बताउनुभयो ।

त्यस्तै कार्यक्रममा यूवा कमल लामिछाने राष्ट्रिय झण्डा अरु झण्डा भन्दा पृथक साथै झण्डामा रहेको निलो रङ्गको घेराले कहिले पनि अन्त नहुने, रातो रङ्गले विजयको सन्देश र चन्द्र सूर्य हुनु भनेको जब सम्म चन्द्रसूर्य रहन्छ तब सम्म हाम्रो देश अस्तित्व रहन्छ भन्ने बताउनुभयो ।

स्थानीय म‌ंगलगढी चोकबाट शुरु गरिएको झण्डा र्रयाली वीरेन्द्र चोकमा कोण सभा गर्दै चोकमा राष्ट्रिय झण्डा स्थापना गरेर सम्पन्न गरिएको थियो ।