नेपालि कलाकारहरु गित संगितको माध्यामबाट भारतको बिरोध गर्दै


काठमाडौं। नेपाली भूमिलाई आफ्नो नयाँ नक्शामा राख्ने भारतीय विस्तारबादी नीतिको बिरोधमा आम नेपालीहरु जुटिरहेका बेला नेपाली कलाकारहरु पनि गीतसंगीत मार्फत बिरोध जनाईरहेका छन् ।

१० बर्षिय जनयुद्धमा जनवादी कलाकारको छवी निर्माण गरेका विक्रम कुँवर(प्रतिक)ले ‘लिपुलेक हाम्रै हो,कालापानी हाम्रै हो’ भन्ने गीत सार्बजनिक गर्दै गीत मार्फत नेपालीहरुलाई एकजुट हुन आह्वान गरेका छन् । भारतले नेपाली भूमि कालापानी र लिपुलेक आफ्नो नयाँ नक्शामा सार्बजनिक गरेपछि कुँवरले नेपालीहरु माझ राष्ट्रभक्ति गीत सार्बजनिक गरेका हुन् ।

गीतमा स्वाभिमानी नेपालीहरु एकजुट हुँदै सबैतिर सिमानामा पर्खाल लगाउनु पर्ने कुरालाई उठाएको छ । गीतले मिचिएको सीमा फिर्ता गर्न सबै नेपाली एकसाथ जुटौँ भन्ने सन्देश समेत दिन खोजेको छ। गीतको शब्द र संगीत स्वयं कुँवरको रहेको छ । त्यस्तै गीतमा रचनाकार कुँवर, माण्डबी त्रिपाठी र अंकीत न्यौपानेले स्वर दिनु भएको छ  ।

जनवादी कलाकारको छवी बनाउनु भएका कुँवरले मिचिएको सिमाना रक्षा गर्न एकजुट हुनुपर्ने सन्देश दिन गीतमार्फत आवाज उठाएको जानकारी दिनुभयो। उहाँले भन्नुभयो , ‘भारतीय विस्तारवादी नीति बिरुद्ध डटेर मुकाबिला गर्नसक्ने शाहस नेपालीहरुसंग रहेको छ, नेपालीहरु डटेर नेपाली भूमि फिर्ता ल्याउन तयार हुनुपर्छ, सीमानामा पर्खाल लगाउनुपर्छ । त्यसका लागी हामीले नेपाली कला क्षेत्रबाट सचेत गराउन गीत निकालिका हौं ।’