
बिस्नप्रसाद न्यौपाने
चैत १५, कालीकोट ।
जिल्ला स्वास्थ्य कार्यालय कालिकोट स्थापनाकालदेखी १२ बर्षसम्म पनि कार्यालय प्रमूख बिहिन भएको छ । आर्थिक बर्ष २०६२∕२०६३ मा प्राथमिक स्वास्थ्य इकाईबाट स्तोरोन्नती भई जिल्ला स्वास्थ्य कार्यालय भएर एक जना ९ औ तहको मेडिकल सुपरिडेन्टको दरबन्दी स्वीकृत भएपनि हालसम्म पनि ९ औ तहको कार्यालय प्रमूख पाएको छैन ।
जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख कटकबहादुर महतले बिहिबार नागरिक समाज कालीकोटको आयोजनामा भएको अन्तरक्रिया कार्यालयमा जिल्ला स्वास्थ्य कार्यालय कालीलकोटले स्थापनाकालदेखी हालसम्म पनि ९ औ तहको कार्यालय प्रमूख नपाएको जानकारी दिनुभयो । उहाँले जिल्ला स्वास्थ्य भईसकेपछि ८ औ तहको एक जना एमबिबिएस डाक्टर र ९ औ तहको मेडिकल सुपरिडेन्टको दरबन्दी भएपनि हालसम्म ८ औ तहकै एमबिबिएस डाक्टर पनि नियमित नपाएको बताउनुभयो । उहााले भन्नुभयो, अहिलेसम्म जति डाक्टरहरु आए ८ औ तहका निमित्त प्रमूखले नै कार्यालय प्रमूख भएर चलाए । ९ औ तहको मेडिकल सुपरिडेन्ट आएकै छैन्् । कसरी नागरिकहरुले गुणस्यतरी सेवा पाउन सक्छन् । यसका लागि जिल्लाका सबै सरोकारवालाहरुले पहल गर्नु आवश्यक छ ।
जिल्ला अस्पताल काीलकोट पाँच महिनादेखी अप्रेशन, एक्सरे लगायतका सेवा बिहिन भएको, जिल्ला स्वास्थ्य कार्यालय प्रमूख डा. कौशल अली नेकपाले कालोमुसो दलेपछि काज सरुवा भएर बिभागमा गएपछि झण्डै तीन महिनादेखी कार्यालय प्रमूख बिहिन भएको लगायतका सवालहरुलाई लिएर नागरिक समाज कालीकोटले गरेको अन्तरक्रिया कार्यक्रममा खाँडाचक्र नगर प्रमूख जसीप्रसाद पाण्डेले दुर्गममा डाक्टरहरु आउनै नमान्दा नागरिकहरुलाई गुणस्तरीय स्वास्थ्य सेवा दिन चुनौती रहेको बताउनुभयो । उहाँले आफुले केही समय अगाडी मन्त्रालयमा जाँदा मन्त्री नियुक्त भइनसकेको अवस्थामा सचिवले आस्वाशन मात्र दिए तर डाक्टर नपठाएको गुनासो गर्नुभयो ।
नागरिक समाज काीलकोटका संयोजक दमनराज बमको अध्यक्षता तथा जिल्ला समन्वय समिति प्रमूख अनीपाल शाहीको प्रमूख आतिथ्यतामा भएको अन्तरक्रिया कार्यक्रममा जिल्लाका नागरिक समाजका अगुवाहरुले जिल्ला अस्पतालमा तत्काल डाक्टरको व्यवस्था गर्नुपर्ने, पाँच महिनादेखी बन्द रहेको अप्रेशन, एक्सरे लगायतका सेवाहरु तत्काल सुचारु गर्नुपर्ने, राज्यले निशुल्क दिने भनिएका औषधिहरु समेत बिरामीहरुले नपाएको भन्दै औषधि आपुर्ति व्यवस्थित गरी निशुल्क पाउने औषधिहरु निशुल्क उपलब्ध गराउनुपर्ने लगायतका बिषयमा आवाज उठाएका छन् ।
जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमूख महतका अनुसार हाल जिल्ला अस्पतालमा निक साईमनबाट एक जना एमबिबिएस डाक्टर र नेपाल सरकारबाट करारमा आएका एक जना गरी दुई जनाले सेवा दिईरहेका छन् । दुई जना करार मध्य डा. नहकुल शाही तिलागुफ नगरपालिकामा संचालन भईरहेको स्वास्थ्य शिविरमा खटिएका छन् ।
Milan Shrestha । १५ चैत्र २०७४, बिहीबार १३:०४ बजे