युवाहरुले आफ्नो क्षमता र सिपलाई कसै सँग सम्झौता नगर्न आग्रहः दाहाल


२६ पौस, सुर्खेत । सुर्खेत महिला जेसिज बर्ष २०२० कालागी नवनिर्वाचित अध्यक्ष प्रमी शाक्यले आज एक कार्यक्रमका वीच पदभार ग्रहण गर्नुभएको छ ।

नवनिर्वाचित अध्यक्ष शाक्यलाई बर्ष २०१९का अध्यक्ष लक्ष्मी कार्कि प्रधान सियाले पद हस्तान्तरण गर्नुभएको हो ।

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा आज सुर्खेत महिला जेसीजको नवौँ पद स्थापन, पद हस्तान्तरण तथा पुरस्कार वितरण कार्यक्रममा सुर्खेत महिला जेसिजमा निर्वाचित अध्यक्ष अन्य पदाधिकारीहरुले पदभार ग्रहण गरेका हुन् ।

कार्यक्रमका प्रमुख अतिथी नेपाल जेसिज बर्ष २००५ का राष्ट्रिय अध्यक्ष सिनेटर गेहेन्द्र प्रसाद दाहालले अहिले युवाहरुले आफ्नो क्षमता र सिपलाई कसै सँग सम्झौता नगर्न आग्रह गर्नु भएको छ । आज शनिबार सुर्खेत महिला जेसिज पद हस्तान्तरण तथा पुरस्कार वितरण कार्यक्रमा बोल्दै गलत चरित्रबाट अगल हुनु पर्ने बताउनु भएको हो । संसारका सबै परिवर्तन युवा बाट सम्भव भएकाले युवाको क्षमतामा बृद्धि गर्ने विश्वविद्यालयको रुपमा  बनेको दाहालले बताउनुभयो ।

प्रमुख अतिथी दाहालले भन्नुभयो । सामाजिक कार्य गर्ने थुप्रै संघसंस्था छन् तर सुर्खेत महिला जेसिज यस्तो एउटा संस्था बनोस जस्ले महिलाहरुमा आत्मनिर्भरता हुने किसिमका काम गर्ने वातावरणको सिर्जना गरोस् । महिलाहरुमा रोजगार हुने किसिमका कामहरु गर्न म आग्रह गर्दछु अनी बल्ल महिला जेसीज बधाई पात्र हुनेछ ।

सुर्खेत महिला जेसिजमा संलग्न महिलाहरुको क्षमता बृद्धि गर्नेका थलोको रुपमा बिकास भएको कार्यक्रममा सहभागीहरुको भनाई रहेको थियो । जेसिजकै कारणले केहि महिलाहरुले नेपालमा मात्र होईन विश्वमा समेत आफ्नो नाम चिनाउन सफल छन् । सुर्खेत महिला जेसिजमा लागानी गर्ने अनवरत रुपमा खटीने सम्पूर्णलाई सम्मान गरिएको छ ।

सुर्खेत महिला जेसिजले कमजोर आर्थिक अस्वथा भएका विद्यार्थिहरुका लागी ५० हजार छात्रवृति कोषको स्थापना गरेका निवर्तमान अध्यक्ष लक्ष्मी कार्कि प्रधान सियाले जानकारी दिनुभयो । बर्ष २०१९का लक्ष्मी कार्कि प्रधान सियाको गलामा लगाइएको अध्यक्ष मालालाई पूर्व अध्यक्षहरुको सहयोगमा नयाँ अध्यक्ष प्रमी शाक्यलाई लगाएर पद हस्तान्तरण गरिएको थियो ।

कार्यक्रममा नवनिर्वाचित अध्यक्ष शाक्यले Empowerment the women, Develop The Nation नारालाई लिएर सुर्खेत महिला जेसिजलाई एउटा उचाईमा पुर्याउने प्रतिबद्धता लिनुभएको छ ।

 

त्यस्तै बर्ष २०१९का अध्यक्ष लक्ष्मी कार्की प्रधान सियाले र नव निर्वाचित अध्यक्ष प्रमी शाक्यले प्रमुख अतिथी गेहेन्द्रप्रसाद दाहाल लगाएत अन्य अतिथी तथा सदस्यहरुलाई मायाको चिनो तथा पुरस्कार वितरण गर्नुभएको थियो भने कार्यक्रमको संचालन बर्ष २०१९ का महासचिव सुमित्रा गौतम र बर्ष २०१३ का अध्यक्ष प्रतिमा मल्लाहले गर्नुभएको थियो ।