
७ बैशाख, सुर्खेत । कर्णाली प्रदेश सरकारले कोरोनाभाइरस (कोभिड-१९) को रोकथाम तथा नियन्त्रण गर्नकालागि स्थापना गरेको प्रदेश विपद कोषमा आज सेन्चुरी कमर्शियल बैंकले सहयोग रकम हस्तान्तरण गरेको छ ।
सेन्चुरी कमर्शियल बैंक कर्णाली प्रदेश प्रमुख धर्मराज श्रेष्ठले आज कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई ५ लाखको चेक हस्तान्तरण गर्नुभएको हो । विपदको घडीमा बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत सहयोग रकम हस्तान्तरण गरेको सेन्चुरी बैंक सुर्खेत शाखाका शाखा प्रवन्धक विश्व भारतीले बताउनुभयो ।



Milan Shrestha । ७ बैशाख २०७७, आईतवार १४:३५ बजे